पौष २५ देखि माघ १० गते सम्म चितवन महोत्सव हुने

Devghat Online

शेयर गरौ

चितवन, पुस १८

चितवन महोत्सव २०८१ यहि पौष २५ देखि माघ १० गतेसम्म हुने भएको छ । महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

प्रत्येक दुई÷दुई वर्षमा हुँदै आएको महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा दिने उद्देश्यले आयोजना गरिने महोत्सवमा पु¥याउदै चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले आयोजना गरिने यसपटकको महोत्सवमा ४३० स्टल रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवको टिकट शुल्क सर्वसाधारण लागि १०० र विद्यार्थीका लागि ५० रुपैँया तोकिएको छ । त्यस्तै टिकट भौतिक रुपमा र अनलाइनबाट समेत पनि खरिद गर्ने व्यवस्था रहेको आन्तरिक तथा वाह्य पर्यटकसहित करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजक समितिको रहेको छ भने १५ दिनको अवधिमा करिब ३० करोड भन्दा माथिको कारोवार हुने अनुमान गरिएको छ । मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा गरिएको उनले बताए ।

परम्परागत खानाको प्रवद्र्धनका लागि विगतका महोत्सवहरूमा सञ्चालन हुँदै आएको फुड फेस्टिभललाई यस वर्ष पनि निरन्तरता दिएर पौष २८ देखी माघ ७ गतेसम्म नारायणगढ कै क्याम्पाचौर सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए ।

चितवन महोत्सव २०८१ ले जिल्लाको पहिचान, व्यवसाय, र रोजगारी प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने आयोजकले विश्वास लिइएको छ। चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको चितवन महोत्सवको यो १५ औँ संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा