काठमाडौं, पुस १८
शुक्लागन्डकी नगरपालिकाका जनप्रतिनिधिहरुले नेपाली सेनाले प्रयोग गरिरहेको वडा नम्बर ७ खैरेनीटार टुडामा रहेको हाल नेपाली सेनाको श्री नम्बर ३ वाहीनी अड्डाले प्रयोग गरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा इलाका प्रशासन कार्यालय स्थापनाकोलागि उपलब्ध गराउन रक्षामन्त्री मानविर राई समक्ष अनुरोध गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीको नेतृत्वमा बिहिवार शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित सहितका जनप्रतिनिधिहरुले उक्त जग्गा गृह मन्त्रालय अन्तर्गत शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, घिरिङ्ग र ऋषिङ्ग गाउँपालिकालाई समेत पायक पर्ने गरी ईलाका प्रशासन कार्यालयको स्थापनाका लागि जग्गा सहजिकरण गर्न रक्षामन्त्री राई समक्ष अनुरोध गरेका हुन् ।