सामुदायिक विव्यस महासंघ देवघाटका अध्यक्ष डा.श्रेष्ठद्वारा आदर्श शिक्षा माविको अनगुमन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस २२

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ देवघाटका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले सोमबार देवघाट गाउँपालिका वडा नम्बर २ स्थित आर्दश शिक्षा मावि खाल्टेको अनुगमन गरेका छन् ।

पछिल्लो समय सामुदायिक विद्यालयको पढाइको स्तर घट्दै गएको हुदा सामुदायिक विद्यालयको अनुगमन मार्फत शिक्षाको गुणस्तरमा सुधार गर्न सुझाव र सल्लाहा दिएको डा.श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले आगामी शैक्षिक सत्रबाट देवघाटमा स्नातक तहको क्याम्पस सन्चालन हुने हुँदा अव विद्यार्थीहरुलाई कक्षा १२ उत्तिर्ण भएपछि थप अध्ययनको लागि कहाँ जाने भन्ने चिन्ता लिनु नपर्ने बताए ।

उक्त अवसरमा डा.श्रेष्ठ र कालिका मावि भुपु विद्यार्थी समितिका अध्यक्ष विकास ढकालले मोटिभेसनल सम्बन्धि विषयमा शिक्षक र विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए । उक्त सहजिकरण कक्षामा कक्षा ८,९ र १० का विद्यार्थी र अभिभावकहरुलाइ जम्मा गरि पढाइको स्तरलाइ कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको श्रेष्ठले बताए ।

सो छलफलमा विद्यार्थीलाई एसइई परिक्षामा कसरी राम्रो नतिजा ल्याउने, विद्यार्थीको पढाइमा कसरी गुस्तर ल्याउने, विषयमा छलफल भएको श्रेष्ठले बताए । उक्त कार्यक्रममा विद्यालयका प्रअ देउराम सारुले मोटिभेसनल कक्षा विद्यार्थीहरुकोलागि निकै उपयोगी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर