मानवअधिकार एलायन्सको जिल्ला भेला सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, पुस २७

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मन्च (मानवअधिकार एलायन्स) तनहुँको जिल्ला भेला शनिबार दमौलीमा सम्पन्न भयो ।

मनवअधिकार एलायन्सकी जिल्ला अध्यक्ष सरस्वती सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त भेलामा बोल्दै मानवअधिकार एलायन्सका केन्द्रीय सचिव रामचन्द्र शर्मा पौडेलले मानवधिकार र सामाजिक न्यायको निमित्त आवाज बुलन्द गर्नु पर्ने बताए । मानवअधिकारको मुद्धामा सबैसँग सहकार्य र हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा पौडेलले जोड दिए ।

उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारी, मानवअधिकार एलायन्सका केन्द्रीय सदस्य अनन्तकुमार श्रेष्ठ, मानवअधिकार एलायन्स तनहुँका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, गन्डकी प्रदेशका सचिव तिर्थ खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन सचिव कविराज श्रेष्ठले र स्वागत उपाध्यक्ष सरस्वती पोख्रेलले गरेकी थिइन् । कार्यक्रममा जिल्ला अध्यक्ष सिग्देलले वार्षीक प्रतिबेदन पेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक