दमौली, पुस २८
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र सिङ्गो एमाले विरुद्ध देशी तथा विदेशी शक्ति एक भएर लागेका बताएका छन् । उनले देशको एकमात्र शक्ति एमालेमाथी प्रहार गर्न विभिन्न शक्तिहरु लागेको भन्दै त्यसका वावजुद पनि एमाले त्यो शक्तिहरुसँग लडिरहेको बताए ।
नेकपा एमाले तनहुँको आयोजनामा जिल्ला सल्लाहाकार सदस्य र जेष्ठ कम्युनिष्ट मन्चका सदस्यहरुको सामुहिक सपथ ग्रहण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै इन्चार्ज गुरुङले नेपालमा राजनैतिक अस्थिरताका लागी एमाले विरुद्ध प्रहारले पनि पुष्टि हुन्छ कि एमाले देशको जनताको शक्ति भएको बताए । सरकारले अनेकन अवरोधको वीचमा पनि दुरगामी काम गरिरहेको छ भन्दै उनले देशमा भईरहेको वेथिती विसंगति र अराजकताको निर्मलीकरण गर्न समय लाग्ने हुदाँ केही समयपछि त्यसको परिणाम देखिने समेत उनले बताए ।
अवको प्रतिष्पर्धा प्रविधिको युग भएको हुदाँ सवै नेता कार्यकर्ताहरु प्रविधिमा विशेष दख्खल राख्नुपर्ने समेत गुरुङले बताए । समाजिक सन्जालमा समेत एमाले विरुद्ध घेरावन्दी भएको हुदाँ विचार सहित त्यसको खण्डन गर्न समेत उनले आग्रह गरे । ‘काँग्रेस हिजो पनि प्रतिष्पर्धात्मक दल थियो, अव रास्वपा पनि प्रतिष्पर्धाको दल वनेको छ । किनकी रास्वपाले समाजिक सन्जालमा नकारात्मक भ्रम फैलाएको छ, त्यसलाई चिर्न पनि प्रविधिको चरम उपयोग गर्नुपर्दछ ।’ गुरुङले भने ।
एमाले तनहुँका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देल, केन्द्रीय सल्लाहाकार सदस्य एकबहादुर राना लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन जिल्ला सचिव प्रदिपराज अधिकारीले गरेका थिए ।