विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

Devghat Online

शेयर गरौ

देवघाट, माघ ४

‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’

देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले विश्व जागरण महाअभियान ट्रष्टद्वारा देवघाटमा जारी महा–महोत्सवलाई लिएर विश्व हिन्दु महासंघको नाममा भईरहेका गतिविधि र अभिव्यक्ति प्रति आपत्ती जनाएका छन् ।

शुक्रबार सामाजिक सन्जालमा लामो स्टाटस राख्दै पौडेलले विश्व हिन्दु महासंघ नामको संस्थालाई रामको बर्को ओढेर रावणको करतुत गर्नेहरू भनेका छन् । पौडेलले महासंघलाई आवरण एउटा र अन्तरंग अर्कै भएका मानिसहरू भन्दै त्यस्ता प्रबृत्ति भएकाहरु हाम्रो राजनीति, समाजसेवा र धार्मिक क्षेत्रमा बग्रेल्ती प्रकट हुन थालेको बताएका छन् । ‘केही त्यस्ता गलत मानिसहरूका कारण तत्क्षेत्रमा इमान, त्याग, निष्ठा र समर्पणका साथ काम गर्नेहरूलाई निक्कै असहज बनाएको देख्न र बुझ्न सकिन्छ तर सही उद्देश्यका साथ ठिक तरिकाले काम गर्नेहरू असहजताबाट विचलित हुने गर्दैनन् ।’ पौडेलले भनेका छन् ‘आफ्ना लक्ष्य, उद्देश्य प्राप्तिका निम्ति आयोजना गरिने उपयुक्त कार्यक्रमहरूमा अनायश केही प्रतिकुलताहरू आउन पनि सक्छन् । त्यसमा प्रतिक्रियात्मक बन्न आवश्यक नहुन पनि सक्छ तर आफ्ना संस्थागत काम कार्यवाहीहरूलाई सहभागितामुलक, सम्मतियुक्त, पारदर्शी र त्यसउपर जिम्मेवार र जवाफदेही बन्ने पद्धतिको विकास गर्न भने आवश्यक हुन्छ ।’

‘झण्डै दुई अढाई महिना देखि देवघाटधाममा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माण गर्ने उद्देश्यका साथ ईश्वरकृष्णजी आवद्ध संस्थाले मकर मेला देवघाट महा–महोत्सव २०८१ आयोजना गरी आम सहभागिताका निम्ति आह्वान गरिएको कार्यक्रम अस्ति माघ १ बाट शुभारम्भ भएको छ । उनले यस खालको मेला आयोजना गरेर गलत गरेका छन् भन्ने लाग्दैन ।’ पौडेलले लेखेका छन् ‘तर हिजो चितवनको एउटा संस्थाले उनको यस अनुष्ठानमा बेजोड पानीको फोहराले सेक्ने, हिलो छ्याप्ने, ढुंगामुढा बर्षाउने, हरेक हिसावले त्यसलाई भककाड्ने, अवरोध गर्ने जस्तो अनुचित प्रयास गरेकोमा ध्यान केन्द्रित भएको छ । ति संस्थाका यी कार्यहरू पारदर्शी, वैदिक वा विधिपूर्वक छैनन् भने त्यसलाई पारदर्शी र वैदिक बनाउने अभिभावकीय दायित्व पनि विरोध गर्ने संस्था विश्वहिन्दु महासंघ चितवन शाखा कै हुनु पर्ने हो ।’

‘यस खालको आशय अलि पहिले नै खुलस्त गरी सवालहरूको समयमै राफसाफ गर्नु पर्ने जिम्मेवारीबाट अलग रहेर देश विदेशबाट शुभेच्छा÷शुभभाव व्यक्त गर्न कतिपय कथावाचक व्यक्तित्वहरू देवघाट आएका र आउने क्रममा रहेका बेला आफ्नै जग हसाउने काममा उद्धत हुनु एउटा दुखद् घटना हो । विश्वहिन्दु महासंघ चितवन शाखाको यस कार्यप्रति खेद् व्यक्त गर्दछु ।’ पौडेलले भनेका छन् ‘इश्वरकृष्णजीले मेला आयोजना गर्दा ध्यान दिनदिनु पर्ने कतिपय बिषयहरूमा दृष्टि नपुगेको कुरामा स्थानीय सरोकारवालाहरूसँग भएका विभिन्न बैठक र अन्तरक्रियाहरूमा पटक–पटक छलफल भएका छन् । त्यस मामलामा उनले आफुलाई सच्याउककदै र समेट्दै लैजाने प्रयत्न गरेका छन् ।’

‘ईश्वरकृष्णजीसँग मेरो खास चिनजान वा परिचय छैन, दोहोरो संवाद सम्म पनि भएको छैन । धार्मिक सामाजिक क्षेत्रमा काम गर्ने एक जागरुक युवा भएको हुनाले म उनलाई एकतर्फि रुपमा चिन्दछु ।’ पौडेलले लेखेका छन् ‘उनको परिकल्पनामा संकल्प गरिएका प्रकल्पहरूको निर्माणले देवघाटधामको श्रीवृद्धिमा धेरथोर योगदान नै हुन्छ भन्ने लागेको छ । यसमानेमा हामी मकर मेला देवघाट महा–महोत्सवका पक्षमा छौं ।’

पौडेलले उक्त महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्ने बताएका छन् । इश्वरकृष्ण संकल्पकर्ता भइ देवघाटधाममा आयोजना गरिएको मकरमेला देवघाट महा महोत्सवमा सहभागी बन्न सनातन संस्कृतिका अनुयायी सबैलाई आव्हान गरेका छन् । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा देवघाटधामको प्रचार प्रसार गर्न र यस धामको चर्चा परिचर्चाको काममा योगदान पुग्न जानेछ र मानिसहरूलाई एक पटक देवघाट पुग्नुपर्छ भन्ने भावना जागृत गर्नेछ । यथासम्भव मानिसहरू मकरमेलामा देवघाट आउने छन्, तिनीहरूले यस क्षेत्रको दर्शन अवलोकन गर्दै देवघाटधामको वास्तविक महिमा र महत्व बुझ्नेछन् र आफ्नो गाउँका टोल वस्तिमा पुगेर आफुलाई जानकारी भएका बिषयहरू अवगत गराउने छन् । दर्शनार्थी, तीर्थयात्रीहरूसंगको भेटघाट, सम्पर्क र आपसी परिचयको माध्यमबाट सद्भावपूर्ण सम्बन्धको विकासमा योगदान पुग्न जानेछ । साथै सिमित क्षेत्रमा केन्द्रिकृत हुर्कदै गएको मठमन्दिर आश्रम, गुरूकुल यज्ञ अनुष्ठान आदि विकासको दायरालाई यस मेलाले थोरै भए पनि फराकिलो बनाउन सहयोग गर्नेछ ।

मकरमेला देवघाट महा–महोत्सव २०८१ ले थोरै भएपनि तीर्थका पूर्वाधार निर्माणमा योगदान पुग्नसक्छ । आयोजना गरिने यस खालमा मेला महोत्सवहरूले मानिसका जीवनमा उत्साह भर्न सक्छ, उत्साहले उर्जा, उर्जाले गति र गतिले खोज, सिर्जना र निर्माणात्मक चेतनाको विकासमा योगदान पुर्याउन सक्छ । तीर्थस्थलहरू धार्मिक पर्यटनको गन्तव्य मानिन्छन् । त्यस मध्येको देवघाट एक प्रमुख केन्द्र हो ।

धार्मिक, सककास्कृतिक एवं प्राकृतिक दृष्टिले समेत देवघाट सबै खालका जातजाती, भाषा, धर्म संस्कृति, सम्प्रदाय र भूगोलका पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परादेखि चल्दै आएका मेलापर्वहरूका अलवा आयोजना गरिने यसखालका मेला, यज्ञ अनुष्ठानहरूले देवघाटको धार्मिक पर्यटन प्रबर्धनमा थप टेवा पुग्न जाने र यसले स्थानीय वस्तु सेवाहरूको खपत हुन गई व्यवसायिक कारोवार अभिबृद्धिमा समेत टेवा पु¥याउन सक्छ । एउटै मेला आयोजनाको बहुपक्षीय प्रभाव रहने भएकोले मेला व्यवस्थापनका कार्यमा भरतपुर महानगरपालिका, देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयात्मक भूमिका आवश्यक र अनिवार्य भएको पौडेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता