मुग्लिन–पोखरा सडक निर्माणः पुर्वी खन्डमा ७५.८२ प्रतिशत भौतिक प्रगति

Devghat Online

शेयर गरौ

दमौली, माघ १०

दुई खन्डमा बाँडेर गरिएको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत पुर्वीखन्डमा हालसम्म पुर्वी खन्डमा ७५.८२ प्रतिशत भौतिक प्रगति भएको छ । निर्माणकोलागि दुई पटक थपिएको म्याद सकिने समय अवधि नजिकिईसक्दा निर्माणको मुख्य कामले गति लिएको छ ।

पुर्वी खन्डको पछिल्लो पटक थपिएको समय अवधि आगामी फागुन १ गतेसम्म रहेको छ । आयोजना इन्जिनियर तथा सुचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म हालसम्म ७५.८२ प्रतिशत भौतिक प्रगति भएको हो । उनले भने, ‘पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ ।’

पूर्वी खन्डमा यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्र गतिमा अगाडि बढेको पाण्डेले जानकारी दिए । पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि एकतर्फी कालोपत्रको काम भईरहेको छ भने विमलनगर–नयाँपुल खन्डमा पनि मस्र्याङदी नदी तर्फबाट रिटेनिङ वाल उठाउने काम सुरु भएको छ ।

दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्र विन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ । यो खण्डमा १४ साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ५८ प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य