देवघाट महामहोत्सव : देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथा वाचन

Devghat Online

शेयर गरौ

देवघाट, माघ ११

देवघाट महामहोत्सवमा १० दिनसम्म कथा वाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभाजीलाई बिदाइ गरिएको छ ।  देवघाट महामहोत्सवमा बिहिवार एक कार्यक्रमका बिचमा उनलाई बिदाइ गरिएको हो ।

कार्यक्रममा देवीजीले आफ्नो दश दिनको कथा वाचन पूरा गरी भक्तजनहरूसँग बिदा लिएकी थिइन् ।  महोत्सवभरी उनले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै लाखौं भक्तजनको मन जितेकी थिइन् ।

बिदाइ समारोहका क्रममा देवीजीले विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मञ्चमा स्वागत गरिएको छ । ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दु धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै अनेकौँ स्थानमा कथा वाचन गरिसकेकी छिन्।

सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन्। अनुराधाले माघ १७ गतेसम्म कथा वाचन गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान