सीता सामुदायिक वनको विशेष भेला सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, माघ १४

देवघाट गाउँपालिका–५ स्थित सीता सामुदायिक वन उपभोक्ता समुहको विशेष भेला सम्पन्न सोमबार भएको छ । सो भेलाको देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष गुरुङले सीता सामुदिायिक बनले पछिल्लो समयमा धेरै राम्रो काम गरेको र नयाँकार्ययोजना उपभोक्ताको हितमा रहि काम गरेको गुरुङले बताए । सीता सामुदायिक वनका अध्यक्ष भानुभक्त न्यौपानेले आफुले १ वर्षमा पाएको दुखको बारेमा जानकारी गराएका थिए । काठ चिरन गर्न नपाउदा उपभोक्तालाई सेवा दिन नपाएको भन्दै न्यौपानेले कार्य समितिले लापरबाही गरेको हुदा आफू १ वर्ष जिल्ला वन महासंघमा १५ पटक धाउँदा पनि भने जस्तो सहयोग नपाएको गुनासो गरे ।

वन समुहको केही विशेष योजनाहरु पारित गर्न आयोजित उक्त भेलामा सव डिभिजन बन कार्यलय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्ट, सामुदायिक वन महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने, जिल्ला वन महासंघ सदस्य भोजराज नैनावस्ती, सामुदायिक वन महासंघ देवघाटका अध्यक्ष प्रविण कार्की लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा मधुवन सामुदायिक बनका अध्यक्ष डिल्लीराम गिरी, कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारी, चक्रवर्ती सामुदायिक वनका उपाध्यक्ष खेम बहादुर राना, सुन्दरशिल टोल विकास संस्थाका अध्यक्ष दुर्गालाल गुरुङ लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम सीता सामुदायिक वन समुहकी सचिव एलिजा अधिकारी (क्षेत्री ) ले सञ्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य उक्त वनका उपाध्यक्ष राधा खनालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक