म्याग्दे गाउँपालिकाले गन्डकी प्रदेश पालिका स्तरीय फुटवल प्रतियोगिता गर्ने

Devghat Online

शेयर गरौ

दमौली, माघ २१

तनहुँको म्याग्दे गाउँपालिकाले गन्डकी प्रदेशको पालिका स्तरीय इलाभेन ए नकआउट फुटवल प्रतियोगिता गर्ने भएको छ । ‘म्याग्देको पर्यटन विकासका लागि खेलकुँद’ भन्ने मुल नाराका साथ आगामी फागुन १३ देखी २२ गतेसम्म वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा उक्त प्रतियोगिता गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

नेपालको लोकप्रिय खेल फुटवलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भुमीको रुपमा परिचित रहेको भन्दै अध्यक्ष श्रेष्ठ खेलकुँदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बताए । सो फुटवल प्रतियोगितामा प्रथम पुरस्कार कर सहित ३ लाख रहेको छ । त्यस्तै द्वितीय पुरस्कार १ लाख ५० हजार तथा बिजेता र उपबिजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिने छ ।

साथै सेमिफाइनल पुग्ने २ टिमलाई १५÷१५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । उक्त प्रतियोगितामा गन्डकी प्रदेशका २० वटा पालिकाको सहभागिता रहने अपेक्षा गरिएको अधिकारीले बताए । उक्त प्रतियोगिता अघि पत्रकार ११ र म्याग्देका जनप्रतिनिधि ११ विच मैत्रिपुर्ण फुटवल समेत खेलाइने अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्लास्तरीय सी लेभल व्याटमिन्टन प्रतियोगिता फागुन १६ र १७ गते वडा नम्बर ४ स्थित व्याडमिन्टन कवर्डहलमा सञ्चालन गरिने भएको छ । उक्त प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५० हजार, दोस्रो हुने टोलीलाई नगद ३० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीलाई नगद १०÷१० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

यसैगरि म्याग्दे गाउँपालिका दोश्रो अध्यक्ष कप–२०८१ को रुपमा वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता फागुन ८ गते देखी १० गतेसम्म सन्चालन गरिने भएको छ । प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका ७ वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने टोलीलाई ८० हजार र दोस्रो हुने टोलीलाई ५० हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । पुरुष तथा महिला भलिबलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट व्लकर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोसाक प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

उक्त सबै प्रतियोगिता सञ्चालनका लागि म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षको लागि २० लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि जनकल्याण युवा क्लव म्याग्दे–५, न्यु भिजन युवा क्लव म्याग्दे–२. थर्पु व्याटमिन्टन क्लब म्याग्दे–४ र आदर्श नमुना क्लव म्याग्दे–४ को विशेष सहयोग रहनेछ भएको छ । गाउँपालिकाका अध्यक्ष श्रेष्ठले प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको निम्ति सम्पुर्ण पत्रकार ज्युहरुको साथ, समर्थन, सल्लाह र सुझावको समेत अपेक्षा गरेको जनाएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले पालिकाहरुले आयोजना गर्ने खेलकुँद कार्यक्रमको जिल्लाका सन्चार माध्यमहरुले प्रचार प्रसार गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता