व्यास सहकारीद्वारा २५ वटा नीति र कार्यविधि तयार

Devghat Online

शेयर गरौ

दमौली, माघ २१

व्यास नपा ३ दमौलीमा सन्चालित व्यास वचत तथा ऋण सहकारी संस्थाले २५ वटा विभिन्न नीति र कार्यविधि तयार गरेको छ । सहकारीमा सुशासन कायम गर्न उक्त नीति र कार्यविधि तयार गरि सोही अनुसार सहकारी संस्था सन्चालन गरिएको सहकारीका अध्यक्ष प्रदिपराज अधिकारीले बताए ।

सहकारी संस्थाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अधिकारीले सहकारी सन्चालनकोलागि सबैभन्दा महत्वपुर्ण भनेकै सुशासन रहेको हुँदा सुशासन कायम गर्न नीति र कार्यविधिहरुको निर्माण र कार्यान्वयन महत्वपुर्ण हुने बताए । व्यास सहकारी नेपाल बचत तथा ऋण सहकारी संघको नेपाल मापदण्डको स्तरीकरण कार्यक्रममा जाने प्रक्रियामा रहेको हुँदा उक्त संस्थाबाट नियमित रुपमा अडिट हुँदै आएको अधिकारीले बताए । नेफ्स्कुनको नियमित अडिटमा व्यास सहकारी गन्डकी र लुम्बिनी क्लष्टरका करिब ७० सहकारी मध्ये सुशसनको क्षेत्रमा तेश्रो भित्र पर्न सफल भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

उक्त सहकारी संस्थामा हाल २२७८ जना शेयर सदस्य रहेको तथा ६ करोड ११ लाख ७१ हजार शेयर पुँजी रहेको सो अवसरमा जानकारी गराईएको थियो । संस्थाबाट हालसम्म १५ करोड भन्दा बढि बचत संकलन र १८ करोड ५३ लाख ऋण लगानी भएको अध्यक्ष अधिकारीले जानकारी दिए । संस्थाले साधरण जगेडा कोष तथा ऋण सुरक्षण कोषमा नियम अनुसारको रकम जम्मा गरेको अधिकारीले बताए ।

त्यस्तै राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनमा ५२ लाख ४१ हजार बराबरको शेयर खरिद गरेको छ । संस्थाको हाल तरल पुँजी ६ करोड ४० लाख रहेको अध्यक्ष अधिकारीले बताए । हाल भाखा नाघेको ऋण कुल ऋणको २५ प्रतिशत भएको हुँदा उक्त प्रतिशतलाई क्रमशः घटाउँदै लगिएको अध्यक्ष अधिकारीले बताए । साथै आफ्ना शेयर सदस्यहरुको सुविधाकोलागि मोबाईल बैंकिङ सेवा पनि सन्चालन गरिएको अधिकारीले बताए ।

सरकारले पछिल्लो समय सहकारी संस्था नियमन सम्बन्धि जारी गरेको अध्यादेशले स्थानीय तहमा सन्चालित सहकारीहरुलाई असाध्यै अप्ठ्यारोमा पारेको जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष समेत रहेका अधिकारीले जानकारी दिए । उक्त अध्यादेशमा स्थानीय तहमा सन्चालित सहकारीले अधिकतम १० लाख रुपैयाँ सम्म बचत गर्न पाउने तथा प्राथमिक पुँजीको १५ प्रतिशत भन्दा बढि ऋण लगानी गर्न नपाउने प्रावधान रहेको र उक्त प्रावधानले सहकारी संस्था सन्चालन गर्न नसकिने अधिकारीले बताए । उक्त प्रावधान सच्याउन सबै सहकारी संस्थाहरुले सरकारलाई व्यापक दवाव दिनुपर्ने उनको भनाई छ ।

उक्त पत्रकार सम्मेलनमा व्यास सहकारीका सचिव त्रिभुवन श्रेष्ठ र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले पनि भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता