दमौली अस्पताल विस्तारको बाटो खुल्यो, जग्गा प्राप्ति गर्न सहमति

Devghat Online

शेयर गरौ

दमौली, माघ २१

दमौली अस्पतालको विस्तारका लागि बाटो खुलेको छ । लामो समयदेखि जग्गा अभावका कारण अस्पताललाई ५० शैय्यामा विस्तार गर्ने प्रक्रिया अघि बढ्न नसकेकामा अब प्राप्तिको बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको विस्तारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ र कृषि ज्ञान केन्द्रले प्रयोग गर्दै आइरहेको मध्येको ३ रोपनी ५ आना जग्गा प्राप्त गर्ने सहमतिसहितको प्रस्ताव गण्डकी प्रदेशमा पठाएका छन् ।

यसअघि कृषि मन्त्रालयले सो जग्गा गर्नका लागि मन्त्रालयलाई सहमति दिइसकेको छ । अब गण्डकी प्रदेश मन्त्रिपरिषद बैठकले सहमति दिए पछि संघ सरकारले जग्गा अस्पतालका लागि उपलब्ध गराउनेछ । अस्पतालका लागि आवश्यकमध्ये भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वमा रहेको रोपनी ५ आना तथा कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको २ रोपनी जग्गा प्राप्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमति दिएको हो ।

पृथ्वी राजमार्गको मध्यभागमा रहेको दमौलीमा अस्पताल विस्तारको विषय लामो समयदेखि उठे पनि जग्गा प्राप्तिसम्बन्धी निर्णय नहुँदा अघि बढ्न सकेको थिएन । दमौली अस्पतालको निरीक्षणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएरै छाड्ने दृढता गरेका थिए ।

सोही अनुरुप अस्पतालको प्रस्ताव कृषि मन्त्रालय, अर्थ मन्त्रालय हुँदै अघि बढाउन मन्त्री पौडेलले पहल गरेका थिए । अब गण्डकी प्रदेशबाट स्वीकृतिपछि संघ सरकारले अस्पताललाई जग्गा हस्तान्तरण गर्नेछ । यसपछि प्रदेशको स्वामित्वमा रहेको अस्पतालको विस्तारको काम अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता