दमौली अस्पताल विस्तारको बाटो खुल्यो, जग्गा प्राप्ति गर्न सहमति

Devghat Online

शेयर गरौ

दमौली, माघ २१

दमौली अस्पतालको विस्तारका लागि बाटो खुलेको छ । लामो समयदेखि जग्गा अभावका कारण अस्पताललाई ५० शैय्यामा विस्तार गर्ने प्रक्रिया अघि बढ्न नसकेकामा अब प्राप्तिको बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको विस्तारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ र कृषि ज्ञान केन्द्रले प्रयोग गर्दै आइरहेको मध्येको ३ रोपनी ५ आना जग्गा प्राप्त गर्ने सहमतिसहितको प्रस्ताव गण्डकी प्रदेशमा पठाएका छन् ।

यसअघि कृषि मन्त्रालयले सो जग्गा गर्नका लागि मन्त्रालयलाई सहमति दिइसकेको छ । अब गण्डकी प्रदेश मन्त्रिपरिषद बैठकले सहमति दिए पछि संघ सरकारले जग्गा अस्पतालका लागि उपलब्ध गराउनेछ । अस्पतालका लागि आवश्यकमध्ये भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वमा रहेको रोपनी ५ आना तथा कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको २ रोपनी जग्गा प्राप्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमति दिएको हो ।

पृथ्वी राजमार्गको मध्यभागमा रहेको दमौलीमा अस्पताल विस्तारको विषय लामो समयदेखि उठे पनि जग्गा प्राप्तिसम्बन्धी निर्णय नहुँदा अघि बढ्न सकेको थिएन । दमौली अस्पतालको निरीक्षणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएरै छाड्ने दृढता गरेका थिए ।

सोही अनुरुप अस्पतालको प्रस्ताव कृषि मन्त्रालय, अर्थ मन्त्रालय हुँदै अघि बढाउन मन्त्री पौडेलले पहल गरेका थिए । अब गण्डकी प्रदेशबाट स्वीकृतिपछि संघ सरकारले अस्पताललाई जग्गा हस्तान्तरण गर्नेछ । यसपछि प्रदेशको स्वामित्वमा रहेको अस्पतालको विस्तारको काम अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको