घिरिङका ५ सय ८० जना किशोरीहरुलाई एचपिभी खोप लगाईने

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, माघ २१

घिरिङ गाउँपालिकाले किशोरीहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने भएको छ। नेपाल सरकारको नीति अनुसार कक्षा ६ देखि १० सम्ममा अध्ययन गर्ने र बिधालय नजाने १० देखि १४ बर्ष सम्म उमेरका किशोरीहरुलाई एचपिभि (ह्युमन प्यापुलीना भाइरस) खोप लगाउने भएको हो। यहि माघ २७ गते देखि २९ गते सम्म गाउँपालिकाले तोकेको १२ वटा खोप केन्द्र मध्य पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन सकिने बताइएको छ।

घिरिङ गाउँपालिकाको पालिका स्तरीय खोप समन्वय समितिले सोमबार गाउँपालिका सभाहलमा पदाधिकारी, बुद्धिजीवी तथा संचारकर्मी बिच अभिमुखिकरण कार्यक्रम गरि खोप अनिवार्य लगाउनु पर्ने र खोप सुरक्षित तथा प्रभावकारी हुने कुराको सकारात्मक सुचना प्रवाह गर्न आग्रह गरिएको थियो। यो खोप लगाएपछि सधारणतया यसबाट हुन सक्ने सामान्य असरहरु खोप लगाएको ठाउँमा दुख्नु तथा सुन्निनु, टाउको दुख्नु, वाकवाकी लाग्नु, थकान महसुस हुनु, ज्वरो आउनु, रिंगटा लाग्नु, एलर्जी आदि हुने सक्ने बताइएको थियो।

 

सो कार्यक्रममा प्रस्तुत भएको तथ्यांक अनुसार वडा नं १ मा १ सय ३३ जना, वडा नं २ मा ३० जना, वडा नं ३ मा १ सय १२ जना, वडा नं ४ मा ९८ जना र वडा नं ५ मा २ सय ८ जना गरि जम्मा ५ सय ८० जना किशोरीहरुलाई खोप लगाइने तयारी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए।

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सुदन अधिकारीले सहजीकरण गरेको सो कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधा देवि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, सम्पुर्ण वडाका अध्यक्षहरु, स्वास्थ्य संस्था प्रमुखहरु स्थानिय पत्रकार तथा बुद्धिजीवीहरु सहभागी थिए। सो कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गरेका थिए भने स्वागत मन्तब्य मन प्रसाद रानाभाटले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि