घिरिङका ५ सय ८० जना किशोरीहरुलाई एचपिभी खोप लगाईने

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, माघ २१

घिरिङ गाउँपालिकाले किशोरीहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने भएको छ। नेपाल सरकारको नीति अनुसार कक्षा ६ देखि १० सम्ममा अध्ययन गर्ने र बिधालय नजाने १० देखि १४ बर्ष सम्म उमेरका किशोरीहरुलाई एचपिभि (ह्युमन प्यापुलीना भाइरस) खोप लगाउने भएको हो। यहि माघ २७ गते देखि २९ गते सम्म गाउँपालिकाले तोकेको १२ वटा खोप केन्द्र मध्य पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन सकिने बताइएको छ।

घिरिङ गाउँपालिकाको पालिका स्तरीय खोप समन्वय समितिले सोमबार गाउँपालिका सभाहलमा पदाधिकारी, बुद्धिजीवी तथा संचारकर्मी बिच अभिमुखिकरण कार्यक्रम गरि खोप अनिवार्य लगाउनु पर्ने र खोप सुरक्षित तथा प्रभावकारी हुने कुराको सकारात्मक सुचना प्रवाह गर्न आग्रह गरिएको थियो। यो खोप लगाएपछि सधारणतया यसबाट हुन सक्ने सामान्य असरहरु खोप लगाएको ठाउँमा दुख्नु तथा सुन्निनु, टाउको दुख्नु, वाकवाकी लाग्नु, थकान महसुस हुनु, ज्वरो आउनु, रिंगटा लाग्नु, एलर्जी आदि हुने सक्ने बताइएको थियो।

 

सो कार्यक्रममा प्रस्तुत भएको तथ्यांक अनुसार वडा नं १ मा १ सय ३३ जना, वडा नं २ मा ३० जना, वडा नं ३ मा १ सय १२ जना, वडा नं ४ मा ९८ जना र वडा नं ५ मा २ सय ८ जना गरि जम्मा ५ सय ८० जना किशोरीहरुलाई खोप लगाइने तयारी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए।

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सुदन अधिकारीले सहजीकरण गरेको सो कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधा देवि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, सम्पुर्ण वडाका अध्यक्षहरु, स्वास्थ्य संस्था प्रमुखहरु स्थानिय पत्रकार तथा बुद्धिजीवीहरु सहभागी थिए। सो कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गरेका थिए भने स्वागत मन्तब्य मन प्रसाद रानाभाटले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको