हिन्दु सम्प्रदायको मन्दिर स्थापना तथा सञ्चालनमा दलित व्यक्तित्वको अगुवाई !

Devghat Online

शेयर गरौ

सागर भण्डारी

देवघाट अनलाईन

रत्ननगर २२ माघ । सोमबार बेलुका हामी रत्ननगर ४ देवौली स्थित श्रीप्राणनाथजी मन्दिर पुग्दा परिसरमा बुद्धिराज (गोपाल) विश्वकर्मा केही सहयोगीहरु सँगै ब्यस्त भेटिए। हामीहरु फाल्गुन १ बाट सुरु हुन लागेको पञ्च दिवसीय ब्रह्म ज्ञान महायज्ञ तथा आत्म जागृति शिविर  कार्यक्रम र दलित समुदायका व्यक्तिबाट निर्मित मन्दिरबारे जानकारी लिन आइपुगेको थाहा पाए पछि उनले “प्रणामजी” भनेर अभिवादन गरेर मन्दिरको छेउमा रहेको बगैंचा भित्र रहेको कुर्सीमा बस्न आग्रह गर्दै आफ्नो परिचय दिँदा गोर्खा जिल्ला र अन्य ठाउँबाट कार्यक्रम तयारीमा सहयोग गर्न आउनु भएको सुन्दरसाथ भन्दै आफू सगै रहेका अरु सहयोगीहरुको पनि परिचय खुलाउन भ्याए। बुझ्दै जादा उनी बाटै थाह भयो निजानन्द (प्रणामी) सम्प्रदायमा सबै अनुयायीहरुले एकले अर्कालाइ सम्बोधन गर्दा समभाव प्रकट हुने गरि प्रेम पुर्वक” सुन्दरसाथ” भन्ने गर्दा रहेछ्न्।

कुरा गर्दै जाँदा कार्यक्रम सम्पन्न गर्ने क्रममा आई पर्ने विभिन्न चुनौतीहरुको चाप बिश्वकर्माको मुहारमा स्पष्ट देखिन्थ्यो तर पनि निजानन्द सम्प्रदायको उच्चतम व्यक्तित्व स्वामी राजनको प्रमुख बक्ताको रुपमा हुने उपस्तिथिले उत्साहित देखिन्थे। उनी भन्दै गए आफ्नो पहलमा घर आगनमा बनाइएको मन्दिरमा राजन स्वामीजी जस्तो व्यक्तित्व  र अरु विद्वान आचार्यजनहरुको साथ हजारौं अनुयायी उपस्थिति सौभाग्यले मात्र प्राप्त हुने र यसले निजानन्द दर्शनले निर्दिष्ट गरेको मानव मानव बीच सद्भावको सुन्दर पक्ष तथा सर्वधर्म समन्वयको भावना उजागर गर्ने छ।

गफ गर्दै जाँदा हामीले उनलाइ एक्कासि रोकेर जिज्ञासा पोखी हालेऊ ” तपाईं दलित समुदायको मान्छे भएर कसरी शुद्ध साकाहारी जीवन पद्धती अपनाउँदै  हिन्दु समाज सम्बद्ध  सम्प्रदायको मन्दिर बनाउन सक्नु भयो र उच्च वर्गका पन्डित आचार्यहरुलाइ आमन्त्रण गरेर मन्दिरमा कार्यक्रम गर्न सक्नुभयो?” हाम्रो प्रश्न तेर्सिने बित्तिकै उनको मुहारमा हासो फुट्यो। उत्तर दिदै गर्दा उनको मुहारमा छुट्टै तेज देखिन्थ्यो। यत्तिकैमा उनले आफ्नो सम्प्रदायको पवित्र ग्रन्थ कुलजम स्वरुपको एउटा चौपाइ उच्चारण गरे-

“जात एक खसम कि और न कोइ जात।

एक खसम एज दुनियाँ, और उड गइ दुजी बात।।”

उनले उक्त चौपाइको अर्थ लगाउन थाले – हाम्रो सम्प्रदायमा जातको परिधी नै छैन।पुर्ण ब्रह्म परमात्मालाइ आराध्य मान्नेहरुको एकमात्र मानव जात छ। जन्म, रुप र स्थानको आधारमा कुनै जात छैन । अझ कुलजम स्वरुपले परमात्माको जात जे हो त्यही मानवको पनि जात भनेको छ। यदि कसैले जातपातको आधारमा सुन्दरसाथ माथी भेदभाव गर्दछ भने उसले परमात्मा माथि पनि भेदभाव गरिएको हुन्छ भनेको छ। मानव मानव वीच प्रेम र त्यही प्रेमले परमात्मा सग जोड्ने उनको भनाइ थियो। समभाव र सदभावले नै मानवता जिवित रहने र  निजानन्द दर्शनले निर्दिष्ट गरेको मान्यतालाई अगाल्न सकेको खण्डमा हाम्रो समाजले धेरै प्रगति गर्ने उनले बताए।

उनले आफ्नो मन्तव्य नसक्दै हामी तेर्साएको अर्को जिज्ञासाले उनी रोक्किए। उनले अपनाएको शाकाहारी जीवन पद्धति, आध्यात्मिक खोज र प्रणामी सम्प्रदायसँग आवद्द्ताको इतिहास बताइदिन आग्रह गर्यो  उनि निजानन्द सम्प्रदायसग सम्बद्ध हुनु अघि नै शाकाहारी रहेछ्न। रत्ननगरमा रहेको मेनका इन्जिनियरिङमा काम गर्दा उक्त फर्मसँगै जोडिएको रिजाल दालमोट उद्योगका साहू “रिजाल बुबा(अन्जनी प्रसाद रिजाल)” बाट उनले निजानन्द दर्शनको बारेमा प्रेरणा मिलेको उनले बताए। रिजाल बुबाबाटनै उनले पहिलो चोटी आध्यात्मिक दिक्षा लिएको  बताए । २०६२ सालमा आफ्नो बुवाको मृत्युु पछि आमाले गुरुदिक्षाको चाहना गर्नु भएको तर चितवनमा रहेका स्थानीय मन्दिरबाट दीक्षा सम्भव नभए पछि श्री प्राणनाथजी मन्दिर ठोरी पर्सामा गएर निजानन्द सम्प्रदायमा औपचारिकरुपले आवद्ध भएको र आफ्नो घर परिसरमै मन्दिर बनाएको बताए।

कुरा गर्दै जादा उनले सम्प्रदायका गुरु महाराज र आचार्यहरुबाट सैद्धान्तिक रुपमा मात्र नभएर व्यवहारिक रुपमा पनि समनता महसुस गर्दै आएको बताए। गुरुहरुको यस्तै प्रेरणा र प्रेमपुर्ण अनुकरणीय आचरणले उनको निजानन्द दर्शन प्रतिको विश्वास बलियो बनाएको र यसको प्रभाव सामाजिक रुपान्तरणको लागि अचुक माध्यम  हुने उनले धारणा राखे।

उनको मीठो वचन सुन्दै गर्दा साझ झमक्क भइसकेको थियो। हामीले अर्को भेटमा यो विषयसग फेरि जोडिने बाचा सहित बिदा हुने अनुमति माग्यौ । हामीलाइ मन्दिरको गेटबाट “प्रणामजी” भनेर बिदाइ गर्नु अघि विश्वकर्माले आगामी फागुन १ देखि हुने कार्यक्रममा उपस्थित भएर स्वामीजी र आचार्यजन सँग निजानन्द दर्शनको बारेमा गहिराईमा गएर जिज्ञासा् राख्न आग्रह गरे ।

(बुद्धिराज (गोपाल) विश्वकर्मासँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता