स्वास्थ्य सेवाकोलागि चितवन मेडिकल कलेजसँग आबुँखैरेनी गाउँपालिकाको सम्झौता

Devghat Online

शेयर गरौ

दमौली, माघ २२

आँबुखैरेनी गाउँपालिका स्वास्थ्य सेवा विस्तारका लागि नयाँ पहलकदमी गर्दै चितवन मेडिकल कलेज, भरतपुरसँग औपचारिक सम्झौता गरेको छ । सम्झौतामा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चूमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटाले हस्ताक्षर गरेका छन् । सम्झौताले गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ ।

सम्झौता अनुसार आँबुखैरेनी गाउँपालिकाका बासिन्दाहरूले चितवन मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतसम्म आर्थिक सहुलियत पाउनेछन्।यो सम्झौताले विशेष गरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बिरामीहरूलाई राहत पुग्ने गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

सम्झैता अनुसार प्रत्येक १५–१५ दिनमा गाउँपालिकाको माग अनुसार विशेषज्ञ चिकित्सकहरू उपलब्ध गराइनेछन्। यसले दीर्घरोग, शल्यक्रिया आवश्यक पर्ने बिरामीहरू तथा अन्य जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई गुणस्तरीय सेवा दिने लक्ष्य राखेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्माले बताए ।

सम्झौता अनुसार गाउँपालिकाको विकट क्षेत्रहरूलाई केन्द्रित गरी निःशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। स शिविरका लागि आवश्यक जनशक्ति र उपकरण चितवन मेडिकल कलेजले उपलब्ध गराउने बताइएको छ । समझौताबाट आँबुखैरेनीका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ रूपमा प्राप्त हुने आशा गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध