बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ, नियम उल्लंघन गरे ५ हजार जरिवाना

Devghat Online

शेयर गरौ

दमौली, माघ २२

तनहुँको पहाडकी रानी उपनामले परिचित ऐतिहासिक बन्दीपुर बजारको मौलिकता र सौन्दर्यता जोगाइ राख्न स्थानीय तहले विशेष ध्यान दिन थालेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको आकर्षण बढ्दै गएकाले यसको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बताए ।

बजार क्षेत्रमा रहेका घरका बाहिरी गल्ली (करिडोर) खुला राख्न अनुरोध गर्दै उनले व्यापारीलाई बाहिर धेरै कुर्सी र टेबल नराख्न आग्रह गरे । प्रत्येक व्यवसायीले अधिकतम एउटा टेबल र तीन वटा कुर्सी मात्र राख्न पाउने व्यवस्था गरिएको छ,अध्यक्ष थापाले जानकारी गराए ।

त्यसैगरी, व्यवसायीहरूले पसल बाहिर सामान राखेर बिक्री वितरण नगर्न, प्रत्येक होटल तथा रेस्टुराँ सञ्चालकले मूल्यसूची ग्राहकले देख्ने ठाउँमा अनिवार्य रूपमा राख्नुपर्ने नियम लागु गरिएको छ । बजार क्षेत्रका व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएका फ्लेक्स बोर्डहरू तुरुन्त हटाएर काठ वा हस्तलिखित बोर्डहरू राख्नुपर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

बजार क्षेत्र बाहिर टेबल कुर्सीमा मदिरा सेवन तथा धुम्रपान गर्न कडाई गरिएको छ। यस निर्णयलाई कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, राजस्व प्रमुख दिनेश पौडेल, राजनीतिक दलका प्रतिनिधिहरू, प्रहरी तथा पत्रकारहरूको टोलीले संयुक्त रूपमा बजार अनुगमन सुरू गरेको छ । अनुगमनका क्रममा व्यवसायीहरूलाई नियम पालना गर्न आग्रह गरिएको छ भने नियम उल्लंघन गरेमा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ । यदि कसैले नियम उल्लंघन गरेको पाइएमा रु. ५ हजारसम्म जरिवाना गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ