बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ, नियम उल्लंघन गरे ५ हजार जरिवाना

Devghat Online

शेयर गरौ

दमौली, माघ २२

तनहुँको पहाडकी रानी उपनामले परिचित ऐतिहासिक बन्दीपुर बजारको मौलिकता र सौन्दर्यता जोगाइ राख्न स्थानीय तहले विशेष ध्यान दिन थालेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको आकर्षण बढ्दै गएकाले यसको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बताए ।

बजार क्षेत्रमा रहेका घरका बाहिरी गल्ली (करिडोर) खुला राख्न अनुरोध गर्दै उनले व्यापारीलाई बाहिर धेरै कुर्सी र टेबल नराख्न आग्रह गरे । प्रत्येक व्यवसायीले अधिकतम एउटा टेबल र तीन वटा कुर्सी मात्र राख्न पाउने व्यवस्था गरिएको छ,अध्यक्ष थापाले जानकारी गराए ।

त्यसैगरी, व्यवसायीहरूले पसल बाहिर सामान राखेर बिक्री वितरण नगर्न, प्रत्येक होटल तथा रेस्टुराँ सञ्चालकले मूल्यसूची ग्राहकले देख्ने ठाउँमा अनिवार्य रूपमा राख्नुपर्ने नियम लागु गरिएको छ । बजार क्षेत्रका व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएका फ्लेक्स बोर्डहरू तुरुन्त हटाएर काठ वा हस्तलिखित बोर्डहरू राख्नुपर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

बजार क्षेत्र बाहिर टेबल कुर्सीमा मदिरा सेवन तथा धुम्रपान गर्न कडाई गरिएको छ। यस निर्णयलाई कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, राजस्व प्रमुख दिनेश पौडेल, राजनीतिक दलका प्रतिनिधिहरू, प्रहरी तथा पत्रकारहरूको टोलीले संयुक्त रूपमा बजार अनुगमन सुरू गरेको छ । अनुगमनका क्रममा व्यवसायीहरूलाई नियम पालना गर्न आग्रह गरिएको छ भने नियम उल्लंघन गरेमा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ । यदि कसैले नियम उल्लंघन गरेको पाइएमा रु. ५ हजारसम्म जरिवाना गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता