म्याग्दे गाउँपालिकाले कपडा बैंक सन्चालन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, माघ २६

तनहुँको म्याग्दे गाउँपालिकाले कपडा बैंक सन्चालन गर्ने भएको छ । गाउँ कार्यपालिकाको गत मंसिर २७ गतेको बैठकले कपडा बैंक सन्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय कार्यान्वयनको लागि गाउँपालिका कार्यालयमा दर्ता तथा सूचिकृत भएका आमा समुह, युवाक्लव, टोलविकास सस्था वा अन्य जिम्मेवार संघ सस्था, गैरसरकारी संस्था वा स्थानीय ब्यक्ती मार्फत गाउँपालिकासँग हुने सम्झौता, शर्त र मापदण्ड अनुसार कपडा वैंक स्थापना र सञ्चालन सँगै आर्थिक रुपमा विपन्न नागरिक लाई तोकीएको मापदण्ड बमोजिम माग तथा आवश्यक्ता अनुसार नया तथा पुराना दुवै प्रकृर्तिका कपडा निशुल्क रुपमा वितरण गर्ने गराउने कार्यक्रम सञ्चालनकालागि गाउँपालिकाले १५ दिने सुचना प्रकाशन गरेको छ ।

गाउँपालिका भित्रका आमा समुह, युवाक्लव, टोलविकास सस्था वा अन्य जिम्मेवार संघ सस्था, गैरसरकारी संस्था वा स्थानीय ब्यक्ती मार्फत निवेदन आह्वान गरि गाउँपालिका कार्यालय घुम्ती र थर्पु अस्पतालको नजिक पर्ने थर्पु वजार आसपासको स्थानमा वितरण केन्द्र स्थापना गर्ने गरि कपडा बैंक सन्चालन गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
स्वयम ब्यक्ती तथा सस्थाको नाममा १ वा २ वटा कोठा भएको भवन वा कम्तीमा ३ वर्षको लागी भाडा सम्झौता भएको भवन, कपडा वैंङ्कको रुपमा स्थापना गर्ने र सो वैंङ्कमा गाउँपालिका र छनौट हुने सस्थाको प्रयास र अनुरोध बमोजिम स्थानीय नागरीक, कर्मचारी, पदाधिकारी, व्यापारी, सहकारी, उद्योग ब्यवसायी, निर्माण ब्यवसायी, स्थानीय तथा राष्ट्रिय स्तरका गैससहरु, वुद्धिजिवी, सहयोगी मनका सवै नेपाली नागरिक वाट कपडा वैंकको प्रयोजनार्थ नया कपडा वितरणको लागी नया कपडा वा खरिदको लागी आर्थिक साहायता संकलन गर्ने साथै पुराना कपडा वितरणको लागी पुराना प्रयोग योग्य कपडा संकलन गरि स्थानीय स्तरका अति गरिव विपन्न जस्ले संकलन भएका कपडाहरु प्रयोग गर्न चाहाने गरी माग तथा निवेदन दिन्छ उसलाई कपडा वैंकको क्षमता, आवश्यक्ता समेत लाई विश्लेषण गरी निशुल्क रुपमा कपडा उपलब्ध गराउने निर्णय भए बमोजिम उक्त योजना तथा कार्यक्रम कार्यान्वयन प्रयोजनार्थ निबेदन आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

प्राप्त भएका निवेदनलाई सस्था तथा ब्यक्तीको क्षमता, कार्यक्रम कार्यन्वयन कार्ययोजना तथा प्रस्ताव, ३ वर्ष सञ्चालन गर्ने प्रतिवद्धता तथा सुनिश्चीतता र अन्य विश्वस्नीय आधार अनुसार सस्था तथा ब्यक्ती छनौट सँगै कपडा वैंक सञ्चालन सम्झौता गरिने अधिकारीले बताए । साथै छनौट भएको संस्था तथा ब्यक्तीलाई गाउँकार्यपालिकाको निर्णय तथा सम्झौतामा उल्लेख भए अनुसार मासिक रुपमा नया तथा पुराना कपडा ब्यवस्थापन, सञ्चालन तथा ब्यवस्थापन अनुदान, नयाँ कपडा खरिद प्रयोजनार्थ आर्थिक साहायता तथा अनुदान र छनौट भएको सस्था तथा ब्यक्तीलाई वार्षिक सेवाशुल्क समेत उपलब्ध गराईने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक