देवघाट, माघ २७
नेपाल भारत धार्मिक, संकृतिक मैत्री सम्बन्ध बिषयमा शनिबार देवघाट स्थित गलेश्वर आश्रममा प्रवचन कार्यक्रम आयोजना गरियो ।
कार्यक्रमका नेपाल भारत मैत्री संघका अध्यक्ष बिनोद गुरूङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गलेश्वर आश्रमका पिठाधीश अनन्तश्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज लगायत आश्रममा गुरुहरु, म्यानमार स्थित आसुतोष शिव धामका पिठाधिस महामण्डलेश्वर पिठाधिस स्वामी बिबेकानन्द गिरीजी महाराज, भारतिय राजदुताबास राजनितिक बिभाग बिज्ञ तुलसी आचार्य, देवघाट गाँउपालीका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिं गुरुङ, देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक सदन बराल लगायतले नेपाल–भारत सम्बन्धको बारेमा मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा नेपाल भारत मैत्री संघका अध्यक्ष बिनोद गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले मुक्तिनाथ हुदै देवघाट आइपुग्ने पबित्र तिर्थ कालीगण्डकीलाइ डाइर्भसन गरी तिनाउमा लैजाने संघीय सरकारको योजनालाई रोक्नु पर्ने बताएका थिए ।