मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

Devghat Online

शेयर गरौ

चितवन, फागुन ३

शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास जारी छ । सडकको छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा राना उछिट्टिएर त्रिशूली नदीमा पुगेको दुर्घटनास्थल नजिकै माछा मार्दै गरेका प्रत्यक्षदर्शीले बताएका थिए । सोही आधारमा खोजतलास भैरहेको छ । सडकबाट झरेपछि बीचमा कहीँ अड्कनै नसक्ने भीरमा दुर्घटना भएको कारण २७ बर्षका राना त्रिशूली नदीमा पुगेको आशंका गरिएको छ ।

यद्यपि, कम्मरमा बोक्ने सानो ब्याग भने भीरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो । सोही ब्यागमा रहेको पर्समा भेटिएको कागजातको आधारमा उनको पहिचान भएको प्रहरीले जनाएको छ । वेपत्ता हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वरका राना भारतीय सेनामा कार्यरत गोर्खाली राइफल म्यान भएको पुष्टि गरिएको थियो । बेपत्ता रानाको स्थायी ठेगाना चन्द्रेश्वर भए पनि उनी र उनका परिवार चितवनको भरतपुर महानगरपालिका–१, रामनगरमा बस्दै आएको खुलेको छ ।

रोहित बिहानको खाना खाएर आफन्तको घर काठमाडौँ जान घरबाट निस्किएका थिए । करिब १० बजेतिर घरबाट हिडेँका थिए । रोहितका बुवा अशोक पनि भारतीय सेनाको सेवानिवृत्त सैनिक हुन् । रोहितका भाई पनि भारतीय सेनामै कार्यरत छन् । बेपत्ता रोहित घरका जेठा छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई