गौं संरक्षणको परालमा आगलागी हुँदा १० लाख बराबरको पराल नष्ट

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ७

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ स्थित गौं संरक्षण केन्द्रमा बुधबार दिउँसो आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको पराल जलेर नष्ट भएको छ । पराल राख्ने ठाउँमा छानो हाल्नकोलागि वेल्डिङ गर्ने क्रममा आगोको झिल्काले परालमा आगो लागेको बताइएको छ ।

आगलागिबाट केन्द्रमा रहेको १५ ट्रक परालमध्ये करिव १० ट्रक पराल जलेर नष्ट भएको शुक्लागण्डकी मुक्तिनाथ च्यवनधामले जनाएको छ । दिउँसो १२ बजे लागेको आगो साँझ ४ः३० बजे नियन्त्रणमा आएको थियो ।

शुक्लागण्डकी नगरपालिकाको दमकल, पृथ्वीराजमार्ग पश्चिम खण्डको काम गरिरहेको आयोजनाको ट्यांकर, बाँनीय कस्ट्रक्सनको जेसीभी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।

आगलागिबाट करिव १० लाखबढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गौं संरक्षणको व्यवस्थापनको जिम्मेवारी हाल शुक्लागण्डकी मुक्तिनाथ च्यवनधामले लिएको छ । केन्द्रमा हाल १ सय बढि चौपाया छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक