गौं संरक्षणको परालमा आगलागी हुँदा १० लाख बराबरको पराल नष्ट

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ७

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ स्थित गौं संरक्षण केन्द्रमा बुधबार दिउँसो आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको पराल जलेर नष्ट भएको छ । पराल राख्ने ठाउँमा छानो हाल्नकोलागि वेल्डिङ गर्ने क्रममा आगोको झिल्काले परालमा आगो लागेको बताइएको छ ।

आगलागिबाट केन्द्रमा रहेको १५ ट्रक परालमध्ये करिव १० ट्रक पराल जलेर नष्ट भएको शुक्लागण्डकी मुक्तिनाथ च्यवनधामले जनाएको छ । दिउँसो १२ बजे लागेको आगो साँझ ४ः३० बजे नियन्त्रणमा आएको थियो ।

शुक्लागण्डकी नगरपालिकाको दमकल, पृथ्वीराजमार्ग पश्चिम खण्डको काम गरिरहेको आयोजनाको ट्यांकर, बाँनीय कस्ट्रक्सनको जेसीभी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।

आगलागिबाट करिव १० लाखबढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गौं संरक्षणको व्यवस्थापनको जिम्मेवारी हाल शुक्लागण्डकी मुक्तिनाथ च्यवनधामले लिएको छ । केन्द्रमा हाल १ सय बढि चौपाया छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक