चौंथो डुम्रे महोत्सव फागुन २१ गतेदेखी

Devghat Online

शेयर गरौ

तनहुँ, फागुन ८

तनहुँको प्रमुख व्यापारिक केन्द्र डुम्रेमा आगामी फागुन २१ गतेदेखी चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । महोत्सव फागुन २१ गतेदेखि चैत्र ३ गतेसम्म भानु नपा–१ पुल्चोकमा हुने छ ।

‘व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा’ भन्ने मुल नाराका साथ तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजना र तनहुँ उद्योग वाणिज्य संघको संरक्षकत्वमा हुन लागेको महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइका सभापति हेम लाल भिकेको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा भानु नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठी, बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङ, बन्दिपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, महोत्सवका निर्देशक घनश्याम देवान, महोत्सवका सहनिर्देशक राजेन्द्र पिया, तनहुँ उद्योग वाणिज्य संघका महासचिव एवं महोत्सवका प्रवक्ता .सुबोध अधिकारी लगायतले महोत्सवमा कृषि अन्तर्गत यस क्षेत्रको कला, संस्कृति, कृषि, पर्यटन प्रर्वदन गरि महोत्सव मार्फत यसक्षेत्रको धार्मिक एवं ऐतिहासिक स्थलको परिचय गराउने लक्ष्य लिईएको बताए ।

तनहुँ, लमजुङ र गोरखा जिल्लाको व्यापारिक केन्द्र रहेको डुम्रेबजारको मौलिकता र व्यापारलाई यस महोत्सवले अझ पहिचान दिलाउन महोत्सवको आयोजना गरिएको उनीहरुको भनाई थियो । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल लगाएत करिब १ सय वटा स्टल रहने, कृषि अन्तर्गत कृषि उपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनीलाई बिशेष महत्व दिईने, प्रसिद्ध सिद्ध गुफा, बन्दीपुर केवलकारको प्रयोग र तथा मस्र्याङदी नदीमा जलविहारलाई प्राथमिकता दिइने भएको छ ।

त्यस्तै रमाईलो मेला, मनोरञ्जनात्मक कार्यक्रमहरू सहित राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने उक्त अवसरमा जानकारी दिईएको थियो । महोत्सव १ लाख १० हजार दर्शकले अवलोकन गर्ने र करिब ४ करोडको आर्थिक कारोबार हुने अपेक्षा लिईएको महोत्सवका प्रवक्ता अधिकारीले बताए । महोत्सवबाट विभिन्न किसिमका कृषि एवं औद्योगिक, व्यापारिक प्रर्दशनी, मेला, महोत्सव सन्चालन गर्न स्थायी प्रकृतिको प्रर्दशनी स्थलको स्थापना तथा व्यवस्थापन गर्ने लक्ष्य लिईएको छ । त्यसैगरि यस क्षेत्रमा कृषि उत्पादन बढाउने, धार्मिक विविधताको संरक्षण गर्ने तथा स्थानीय श्रम बजारको संरक्षण गर्ने लक्ष्य लिईएको प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक