स्थापना दिवसको अवसरमा ऋषिङमा विभिन्न कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । ऋषिङ, फागुन २६

गाउँपालिका स्थापना दिवसको अवसरमा ऋषिङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाको आयोजनामा पाँचौँ ऋषिङ अध्यक्ष कप भलिवल, कर्मचारी र जनप्रतिनिधि विचको भलिवल प्रतियोगिता तथा विद्यालय स्तरीय लोकगित र लोकनृत्य प्रतियोगिता आयोजना गरियो ।

पाँचौ ऋषिङ अध्यक्ष कप भलिवल प्रतियोगितामा वडा नम्बर ५ प्रथम, वडा नम्बर ६ द्वित्तिय र वडा नम्बर १ तृतित भए । प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः नगद रु ४० हजार, २५ हजार र १५ हजार तथा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

यस्तै जनप्रतिनिधि र कर्मचारी विचको भलिवल प्रतियोगितामा कर्मचारीको टिम बिजयी भएको थियो ।

यसैगरि गाउँपालिका स्थापना दिवसको अवसरमा आयोजित विद्यालय स्तरीय लोकगित र लोक नृत्य प्रतियोगितामा शिव सरस्वती मावि प्रथम, शुक्ला मावि द्वित्तिय र शान्ति मावि तृतिय तथा दिपक मावि सान्त्वना भएका थिए । प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र ३ हजार पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

गाउँपालिका स्थापनाको दिन स्थानीय बिदा

यसैविच ऋषिङ गाउँपालिकाले गाउँपालिकाको आठौं स्थापनाको दिवसको अवसरमा मंगलबार स्थानीय बिदा दिएको छ ।

स्थापना दिवसको अवसरमा गाउँपालिकाले गाउँपालिका कार्यालय, सम्पुर्ण वडा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था लगायतमा आकस्मिक सेवा बाहेक अन्य सेवामा बिदा दिईएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विज्ञप्ति प्रकाशित गरि जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता