विवेक श्रेष्ठ । ऋषिङ, फागुन २६
गाउँपालिका स्थापना दिवसको अवसरमा ऋषिङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाको आयोजनामा पाँचौँ ऋषिङ अध्यक्ष कप भलिवल, कर्मचारी र जनप्रतिनिधि विचको भलिवल प्रतियोगिता तथा विद्यालय स्तरीय लोकगित र लोकनृत्य प्रतियोगिता आयोजना गरियो ।
पाँचौ ऋषिङ अध्यक्ष कप भलिवल प्रतियोगितामा वडा नम्बर ५ प्रथम, वडा नम्बर ६ द्वित्तिय र वडा नम्बर १ तृतित भए । प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः नगद रु ४० हजार, २५ हजार र १५ हजार तथा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
यस्तै जनप्रतिनिधि र कर्मचारी विचको भलिवल प्रतियोगितामा कर्मचारीको टिम बिजयी भएको थियो ।
यसैगरि गाउँपालिका स्थापना दिवसको अवसरमा आयोजित विद्यालय स्तरीय लोकगित र लोक नृत्य प्रतियोगितामा शिव सरस्वती मावि प्रथम, शुक्ला मावि द्वित्तिय र शान्ति मावि तृतिय तथा दिपक मावि सान्त्वना भएका थिए । प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र ३ हजार पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
गाउँपालिका स्थापनाको दिन स्थानीय बिदा
यसैविच ऋषिङ गाउँपालिकाले गाउँपालिकाको आठौं स्थापनाको दिवसको अवसरमा मंगलबार स्थानीय बिदा दिएको छ ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले गाउँपालिका कार्यालय, सम्पुर्ण वडा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था लगायतमा आकस्मिक सेवा बाहेक अन्य सेवामा बिदा दिईएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विज्ञप्ति प्रकाशित गरि जानकारी दिएका छन् ।