भानुमा एसइई मोडेलमा कक्षा ८ को परीक्षा सञ्चालन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १३

भानु नगरपालिकामा एसइईको मोडेलमा कक्षा ८ को परीक्षा सन्चालन भएको छ । भानुमा चालु शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा अन्तर्गत कक्षा ८ को परीक्षामा एसक्ष्ई परीक्षाकै मोडेलमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा कुनै विद्यालयका विद्यार्थीका लागि होमसेन्टर कायम गरिएको छैन । परीक्षालाई थप स्वच्छ, मर्यादित र विश्वसनीय बनाउने उद्देश्यले यसवर्ष देखि भानुमा कक्षा ८ को परीक्षाका लागि ७ वटा केन्द्र कायम गरिएको नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।

परिक्षा चैत १२ गतेदेखी सन्चालन भएको छ । कक्षा ८ को परिक्षाकोलागि भानुमा चन्द्रावती मावि भानु ७ चुँदी, भानु संस्कृत मावि भानु ४ चुँदीरम्घावेशी, होमराज लोहनी शारदा शिक्षा सदन मावि भानु २ नारेश्वरटार, जनजागृति मावि भानु ३ ढुकुर्दी तुरतुरे, मनोहर मावि भानु ८ महन्तेहटिया, कर्मदा मावि भानु ९ पूर्कोट बाइसजांगर र त्रिभुवन मावि भानु ११ मानेचौका रहेका छन् ।

उक्त परीक्षा केन्द्रहरुमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको नगर शिक्षा अधिकारी पौडेलले बताए । चालु शैक्षिक सत्र २०८१ मा कक्षा ८ मा भानुमा ६०६ जना विद्यार्थीहरुले परीक्षा दिएका छन् ।

यसवर्षदेखि कक्षा ८ का सबै विषयका उत्तरपुस्तिकाहरु भानु नगरपालिकामा ल्याई कोडिङ गरी परीक्षण तथा सम्परीक्षण गरिनेछ । चालु शैक्षिक सत्रको वार्षिक परीक्षा देखि भानु नगरपालिकाले कक्षा ४ देखि ९ सम्म सबै कक्षाका सबै विषयका प्रश्नपत्र तथा आधारभूत तहका सबै कक्षाका परीक्षार्थीहरुका लागि उत्तरपुस्तिका निःशुल्क उपलब्ध गराउने पौडेलले बताए । आयन्दा आधारभूत तहका कक्षाका कुनै पनि परीक्षाका लागि विद्यार्थीहरुले परीक्षा शुल्क तिर्नु नपर्ने र सबै आवधिक परीक्षाहरु नगरपालिकाले सञ्चालन तथा व्यवस्थापन गर्ने प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

भानुमा विगत २ वर्षदेखि कक्षा १–३ मा एकीकृत पाठ्यक्रम बमोजिम सुधारात्मक मूल्यांकन प्रणाली लागु भएको र यसका लागि नगरपालिकाले सबै विद्यालयहरुलाई बालबालिकाको संख्याका आधारमा मूल्याकंन अभिलेखीकरण पुस्तिका समेत निशुल्क वितरण गरेको पौडेलले जानकारी दिए । सोही सामग्रीका आधारमा बालबालिकाको मूल्याकंन र ग्रेडिङ गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण