ज्ञानेन्द्रलाई गिरफ्तार गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग अभियान

Devghat Online

शेयर गरौ

काठमाडौं, चैत १६

चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीले गरेका हिंसा, लुटपाट, तोडफोड र आगजनीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई दोषी ठहर गर्दै सामाजिक सञ्जालमा पक्राउ गर्न आवाज उठेको छ।

ज्ञानेन्द्रलाई गिरफ्तार गरी कारबाहीका लागि सामाजिक सञ्जालमा ह्यासट्याग अरेस्ट ज्ञानेन्द्र अभियान सञ्चालन गरिएको हो।

राजसंस्था पुनस्स्थापनाको माग गर्दै शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको तीनकुनेमा आयोजना गरिएको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि गरिएका थिए।

त्यस क्रममा एक पत्रकारसहित दुई जनाको ज्यानसमेत गयो। दर्जनभन्दा बढी भवनमा तोडफोड, आगजनी गर्नाका साथै भाटभटेनीलगायत व्यापारिक प्रतिष्ठानमा लुटपाटसमेत गरिएको थियो। राजावादीको अराजक झुन्डले सञ्चारगृह, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौँ सवारीसाधनमा तोडफोड र आगजनी गरेको थियो।

उक्त प्रदर्शनका प्रमुख योजनाकार ज्ञानेन्द्र शाह नै भएको भन्दै सामाजिक सञ्जालमा उनलाई पक्राउ गर्न अभियान चलाइएको हो।

तीनकुनेमा हिंसा गर्न भीडलाई उक्साएको आरोपमा प्रहरीले राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवल शमशेर राणासहित सय जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको