संविधान र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने एमालेको संकल्प

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत १७

नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ ।

त्यस्तै, सबै पार्टीहरु र नागरिक समाजलाई लोकतन्त्रको पक्षमा र पश्चगमनको दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ ।

केन्द्रीय सचिवालयको ४७ औं बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा शुक्रबार राजावादीहरुको प्रदर्शनका क्रममा भएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई पार्टीले गम्भीररुपमा लिइ भत्र्सना गरेको उल्लेख छ ।

त्यस्तै, संघीय संसदका दुुवै सदनमा प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति बैठकले ध्यानाकर्षण गराउँदै सबै विपक्षी दलहरुलाई सहयोग गर्न आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको