पुल निर्माणको लागि दवाव दिन सांसद भण्डारीसँग अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १८

घुमाउने पुल निर्माणकोलागि दवाव दिन गठित संघर्ष समितिले बुद्धसिंह मार्गको घुमाउनेमा निर्माण भईरहेको मोटरेवल पुलको निर्माण कार्य तत्काल सुरु गर्न पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीसँग अनुरोध गरेको छ ।

निर्माण व्यावसायीको चरम लापबाहीले गर्दा ठेक्का सम्झौताको १० वर्ष पूरा हुँदा पनि पुल निर्माण अधुरो भएपछि पुल निर्माणमा दवाव दिन संघर्ष समितिले सांसद भण्डारी मार्फत निर्माण व्यवसायीलाई दवाव दिन अनुरोध गरेको हो । संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले घुमाउनेको पुलको निर्माणमा सम्बन्धित पक्षलाई दवाव दिन सांसद भण्डारीलाई अनुरोध गरे ।

संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै सांसद भण्डारीले पुल महाशाखाका प्रमुख सिनियर इन्जिनियर ललिजन खनाल र सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजिव श्रेष्ठलाई सोमबार फोन गरी काम तत्काल सुरु गर्न निर्देशन अनुरोध गरे । निर्माणका लागि पहल गरिदिन सांसद भण्डारीलाई बुद्धसिंह मार्ग पुल निर्माण सङ्घर्ष समितिका अध्यक्ष गर्जा मगर, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर राना, सङ्घर्ष समितिका सचिव कमल गुरुङ, अर्थ सचिव हर्कबहादुर थापा एचबी लगायतको टोलीले ध्यानाकर्षण गराए लगत्तै भण्डारीले अनुरोध गरेका हुन् ।

बहाना देखाएर काम पन्छाउन वा भाग्न नपाइने भण्डारीको भनाइ थियो । तोकिएको कार्य निर्धारित समयमा उत्कृष्ट रूपले सम्पन्न गर्न केही नीतिगत र कानुनी समस्या छन्, भने त्यसको समाधानका लागि सरकारसमक्ष पु¥याएर समाधान गर्न आफू तयार रहेको सांसद भण्डारीले बताए ।

यस अघि सघर्ष समितिले राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेलाई भेटी पुल निर्माणमा दवाव दिन अनुरोध गरेको थियो ।
पुल अलपत्र पर्दा निर्माण नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दूरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन । विसं २०७१ असारमा तीन वर्ष भित्र सम्पन्न गर्ने गरी पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म फाउन्डेसनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । सडक डिभिजन कार्यालयले सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने पटकपटक बताउँदै आएपछि खुरुखुरु म्याद थप गर्दै आएकोले आन्दोलित हुनु परेको सङ्घर्ष समितिले जनाएको छ । पुल निर्माणमा दबाब दिने उद्देश्यले गठित संघर्ष समितिले उक्त घुमाउनेको पुलको तत्काल निर्माण कार्य सुरु गर्न माग गरेको छ ।

करिब ११ वर्ष अगाडि सम्झौता अनुसार १०५ मिटर लम्बाई र फुटपाथसहित ११ मिटर चौडाइ डिजाइनमा रहेको घुमाउने पुल निर्माण कार्य हालसम्म ३० प्रतिशत उल्लेख विवरणमा प्रगति देखिन्छ । यही कार्यले गति पाउने हो भने पुल सम्पन्न हुन करिब ३३ वर्ष समय लाग्ने देखिन्छ अर्थात पुल निर्माण हुँदैन भन्ने अर्थ लाग्ने संघर्ष समितिले जनाएको छ ।

त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल दस वर्षसम्म पनि पूरा नहुनु र अन्य चार खोलाहरूमा पुल नहुँदा आवतजावतलाई समस्या भएकाले स्थानीय आन्दोलित हुनु परेको थापा बताउनुहुन्छ । घुमाउनेमा पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दूरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन ।

सडक डिभिजन कार्यालय दमौलीले सम्झौता अनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने पटक पटक बताउँदै आएपछि खुरुखुरु म्याद थप गर्दै आएको स्थानीयले गुनासो गरेका छन् । डिजाइन एन्ड बिल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत आठ करोड २६ लाख रुपियाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ ।

हेडौंडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक कार्यालयकै उच्च कर्मचारीको मिलेमतोमा पुलको डिजाइन स्थलगत अध्ययन बिना नै कोठाभित्र भएकोले गर्दा यस्तो समस्या भएको स्थानीयको आरोप छ । डिजाइनमै राज्यको करोडौँ खर्च भएको र गलत डिजाइनले गर्दा भएको राज्य कोषको करोडौँ खर्च छानबिन गरेर डिजाइन कम्पनीबाटै असुलउपर गर्नु पर्ने राखिएको सङ्घर्ष समितिले जनाएको छ ।

सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन । सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख सिनियर डिभिजन इन्जिनियर राजिव श्रेष्ठले पुलको डिजाइन परिवर्तन गर्न लागिएको पुल निर्माणको काम रोकिएको बताए । अहिलेको डिजाइनबाट बाढीले क्षति हुने देखिएको राज्यको लगानी खेर नजाओस् भनेर परिवर्तन गर्न लागेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र