जिल्ला खेलकुँद विकास समिति तनहुँको अध्यक्षमा पाण्डे, कोषाध्यक्षमा श्रेष्ठ

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १९

जिल्ला खेलकुँद विकास समिति तनहुँको अध्यक्षमा पुनः अनिल पाण्डे नियुक्त भएका छन् । गन्डकी प्रदेश सामाजिक विकास तथा खेलकुँद मन्त्रालय, प्रदेश खेलकुँद परिषदले पाण्डेलाई चार वर्षको लागि अध्यक्षमा नियुक्त गरेको हो । पाण्डे यस अघि पनि खेलकुँद विकास समिति तनहुँको अध्यक्ष थिए ।

यसैगरि जिल्ला खेलकुँद विकास समिति नहुँको उपाध्यक्षमा इनकन खनाल, सचिवमा विश्व बुढा परियार र कोषाध्यक्षमा कविराज श्रेष्ठ नियुक्त भएका छन् । सामाजिक विकास युवा तथा खेलकुँद मन्त्री बिन्दुकुमार थापाको चैत १७ गतेको मन्त्री स्तरीय निर्णयबाट प्रदेश खेलकुँद विकास नियमावली २०७८ को नियम ११ बमोजिम अध्यक्ष र पदाधिकारीको नियुक्ती भएको हो ।

नवनियुक्त अध्यक्ष तथा पदाधिकारीको मंगलबार प्रदेश खेलकुँद परिषदको कार्यलयमा सपथग्रहण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले