देवघाट । चैत २४
चितवनको भरतपुर मनपा–१ स्थित देवघाट बसपार्क नजिक नवनिर्मित राम मन्दिरमा भगवान् रामचन्द्र, सीता र लक्ष्मणको मूर्ति प्राणप्रतिष्ठा गरी पुजन कार्य गरिएको छ । आइतबार चैत्र शुक्ल नवमी (रामनवमी) को अवसरमा उक्त सङ्कल्पेश्वर हनुमान् मन्दिरमा रामचन्द्र र लक्ष्मणको मूर्ति प्राणप्रतिष्ठा गरिएको थियो ।



गलेश्वर आश्रम देवघाटको संरक्षणमा रहेको उक्त मन्दिरमा गलेश्वर आश्रमका पिठाधीश अनन्तश्री बिभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज, भारतको हरिद्वारका महामण्डलेश्वर १००८ स्वामी अनन्तानन्द गुरूजी महाराज तथा टिकापुर कैलालीका १००८ स्वामी महामण्डलेस्वर इश्वर चैतन्य महाराज डा .स्वामी अमृतानन्द गुरूजी महाराजको विशेष उपस्थितिमा मन्दिरमा राम–सीता र लक्ष्मणको मुर्तीको प्राण प्रतिष्ठा तथा पुजन कार्य गरिएको हो ।
गलेश्वर आश्रमका पिठाधीश अनन्तश्री बिभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देवघाट क्षेत्र विकास समितका कार्यकारी निर्देशक सदन बराल, गलेश्वर आश्रमका सन्चालक जगदिश प्याकुरेल लगायतले मन्तव्य राखेका थिए ।
उक्त राम मन्दिर निर्माणकोलागि काठमाडौं निबासी केदार प्रसाद पौडेल÷बिन्दु पौडेल परिवारको बिशेष योगदान रहेको बताईएको छ ।












