रेडियो देवघाटको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट । चैत २६

सगरमाथा सञ्चार सेवाद्वारा देवघाट गाउँपालिका–५ मा सन्चालित रेडियो देवघाट १०२.६ मेगाहर्जले नयाँ बर्ष २०८२ को भित्तो पात्रो विमोचन गरेको छ । रेडियो देवघाटद्वारा मंगलबार देवघाटमा भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

रेडियो देवघाटका अध्यक्ष विजयराज शर्मा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले रेडियोलाई समय सापेक्षित बनाउदै डिजिटल प्रविधिमा बिकास गराउनुपर्ने बताए । थापाले परिवर्तनको संवाहक रेडियो भएको भन्दै दुरदराजका आवाजलाई रेडियोले सम्बोधन गर्नुपर्ने सुझाव दिए । आगामी दिनमा अझ रेडियोको बिकासमा देवघाट गाउँपालिकाले नयाँ योजना अगाडि बढाउने अध्यक्ष थापाले विश्वास दिलाए ।

रेडियोका अध्यक्ष भुषालले रेडियोलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन गृहकार्य भइरहेको बताए । देवघाटको धार्मिक बिकासलाई जोड दिएर आम नागरिकका समस्या समाधानमा रेडियोको भूमिकालाई मध्येनजर गर्दै वि.स.२०६७ सालमा रेडियो देवघाट स्थापना भएको उनले जानकारी दिए ।

रेडियोको भित्तोपात्रो विमोचनमा कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर अध्यक्ष पुर्ण बहादुर कुँवर, देवघाट ४ नम्बर वडा अध्यक्ष मित्रलाल गुरुङ, देवघाट ५ वडा सदस्यहरु बुद्धिबहादुर पाण्डे, यमबहादुर मगर, नेपाली काँङ्ग्रेस देवघाट उप–सभापति पुरुषोत्तम शर्मा पण्डित, देवघाट ५ नम्बर वडाका पुर्व वडा सदस्य ठाकुर कुमारी काफ्ले, चक्रवर्ती सामुदायिक वनका अध्यक्ष डिलबहादुर गुरुङ, गलेश्वर आश्रममा प्रतिनिधि महेन्द्र प्याकुरेल, चक्रवर्ती सामुदायिक वनका पुर्व अध्यक्ष तोयानारायण खराल लगायतको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमको सन्चालन रेडियो देवघाटका महासचिव निरन्जन हाडाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता