देवघाट ५ को भर्जन कालिका टोलमा एमालेको टोल कमिटि गठन

Devghat Online

शेयर गरौ

देवघाट । चैत २६

नेकपा एमाले देवघाट गाउँपालिका वडा नम्बर ५ मा टोल कमिटि गठन गरिएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ भर्जन कालिका टोल विकास संस्थामा टोल कमिटि गठन गरिएको हो ।

सो अवसरमा भिम कुमारी श्रेष्ठको अध्यक्षतामा टोल कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा मन बहादुर गुरुङ, सचिव भवानी थापा मगर, उपसचिवहरु सन्त वहादुर गुरुङ र चन्द्रकला दवाडी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शुशिला राना मगर, गिता गुरुङ, हरिसरा गर्जा मगर, टेक माया गर्जा मगर, याम कुमारी रेशम मगर, कुमार गुरुङ र सोम बहादुर राना चयन भएका छन् ।

सो कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटि सदस्य केशवचन्द्र न्यौपानेले जनताको जस्तोसुकै समस्यासँग फेस गर्ने क्षमता एमालेमा रहेको बताए । देवघाटमा हिजो एमालेको सरकार हुदा र आज नेकपा एमाले सरकार नहुँदा काम कसले गर्याे भनेर जनतामा सोधे पुग्ने न्यौपानेले बताए । देवघाटको विकासलाई अगाडि बढाउने हो भने देवघाटमा एमाले एकजुट हुन पर्ने न्यौपानेले बताए । हरेक टोलबाट अब नेकपा एमालेका नेता जन्मिनु पर्ने र हरेक संघ सस्थामा नेकपा एमालेका नेता बसि बिकास गर्नुपर्ने न्यौपानेले बताए ।

सो कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य कमला देवकोटाले देवघाटमा नेकपा एमालेको पालामा बिकास नभएको भए देवघाटको जनताले अझ दुख भोगिरहन पर्नेे बताइन् । कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार परिषद्को सदस्य टुकनाथ अधिकारीले देवघाटको जनताले एमालेले गरेको काम भुलेको जस्तो महशुस भएकोे बताए । आज जसले जे भने पनि नेकपा एमालेको जस्तो भिजन अरुमा नभएको अधिकारीले बताए ।

नेकपा एमाले जिल्ला सल्लाहकार परिषदका सदस्य पन्च बहादुर आलेले २०७४ सालमा नेकपा एमाले आएपछि देवघाटले मुहार फेरेको आलेले बताए । एमालेले गरेको सिर्जना गरेको कामहरु पनि अहिले पूरा हुन नसकेको आलेले बताए । बिकासको कामहरु वणन गर्ने हो भने वर्णन गरेर नसकिने आलेले बताए ।

वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले अबको ८४ मा स्थानिय तह सबैमा कसरी बहुमत ल्याउने भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । देवघाटको समितिहरु एकजुट हुन जरुरत छ, अबको ८४ मा नेकपा एमाले प्यानल नै आउन पर्ने नत्र अहिले जस्तो अल्पमत आयो भने काम गर्न कठिन हुने गुरुङले बताए । नेकपा एमालेका नेता भइसकेपछि आफुमा भएका कमिकमजोरी सच्याउदै अगाडि बढ्नुपर्ने गुरुङले बताए । आफुले वडा नम्बर ४ मा नेकपा एमालेलाई झन मजवुद गराएको गुरुङले बताए ।

सो कार्यक्रम नेकपा एमाले भर्जन कालिका टोल विकासका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर ५ वडा कमिटिका अध्यक्ष विकास ढकालले गरेका थिए भने कार्यक्रमको सन्चालन वडा कमिटिका सचिव विष्णु मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु