भिमाद नगरपालिकामा महिला नेतृत्व तथा क्षमता विकास तालिम

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २६

तनहुँको भिमाद नगरपालिकामा महिला नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन भएको छ । नगरपालिकाको वडा नम्बर ५ बुडुवा स्थित सोमबार वडा अध्यक्ष पदम बहादुर थापाले तालिमको ब्यानर वाचन गरेर उद्घाटन गरेका हुन् ।

अध्यक्ष थापाले कार्यक्रमको उदटन गर्दै सामाजिक, राजनीतिक, शैक्षिक र आर्थिक क्षेत्रमा महिलाहरूको पहुँच पु¥याउनको लागि व्यक्तित्व विकासमा जोड दिएको बताए । महिलाहरुमा चेतनाको बिकास र निडर भएर बोल्ने बानीको बिकास गर्न उद्घोषण तालिमको महत्व रहेको थापाले बताए ।

भिमाद नगरपालिका वडा नम्बर ५ को आयोजनामा सन्चालन भएको पाँच दिने महिला नेतृत्व तथा क्षमता विकास तालिमको शुभारम्भ कार्यक्रम वडा सदस्य मन बहादुर थापाको अध्यक्षतामा भएको थियो । क्षमता अभिबृद्धि र व्यक्तित्व बिकास गर्ने उदेश्य सहित चैत २५ देखि २९ सम्म सन्चालन भएको उक्त तालिममा वडा नम्बर ५ का सबै टोलबाट प्रतिनिधित्व गरि तीस जना सहभागी भएका थिए । सो तालिममा सहजकर्ताको रुपमा पत्रकार अन्जान परियार रहेका थिए ।

तालिममा वडा सदस्य मिना परियार र कला घर्ती उपस्थित रहेका थिए । सो कार्यक्रम वडाका कार्यालय सहयोगी दल प्रकाश थापाले सञ्चालन गरेका थिए । भने स्वागत मन्तव्य कार्यपालिका सदस्य संगीता विश्वकर्माले राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती