तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा निस्कियो नेपाली सेना

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २८

ऐतिहासिक महत्वका स्थानहरुको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाको आयोजनामा विहिबारदेखी तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रा सुरु भएको छ ।

यात्रामा सहभागीहरुलाई बिहीबार गोरखाको ऐतिहासिक गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारामा आयोजित एक कार्यक्रमका बीच बिदाई गरियो । नेपाली सेनाको पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकर सिंह कार्की, जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा, श्री नम्बर ३ बाहिनीपति सहायक रथी नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, गोरखा दरबार हेरचाह अड्डका प्रमुख विष्णु पाठक, गोरखा संग्रहालयका प्रमुख जयनारायण कार्की लगायतले सहभागी टोलीलाई नेपाली सेनाका स्थापना कालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी बिदाई गरेका थिए ।

उक्त पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुग्नेछ । गोरखा दरबारबाट सुरु भएको पदयात्रा विहिबार साँझ ३५ किलोमिटर दूरी पार गर्दै तनहुँको सतिघाट हुँदै भानु १ भन्सार ग्रीनपार्क आईपुगेको छ । उक्त टोलीलाई तनहुँका भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, कालीभञ्जन गण (ई) गण दमौलीका गणपति प्रमुख सेनानी बसन्त कार्कीले लगायतले स्थानीय बासिन्दाहरुले स्वागत गरेका थिए ।

गोर्खाको रिपुमर्दन गणले भन्सारबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ । भन्सारबाट चैत २९ गते उक्त टोली तनहुँकै भिमसेनगढी हुँदै बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर पुग्नेछ । तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । तनहुँसुर आएर उक्त पद यात्राको झण्डा कालीभञ्जन गण (ई) लाई हस्तान्तरण गर्ने कार्यक्रम छ । तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै घिरिङ गाउँपालिकाको धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिने सेनाले जनाएको छ ।

केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको कालीभञ्जन गण (ई) गण दमौलीका गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए ।

पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै एकीकरण अभियानको संरक्षण सम्बन्धी अभियान भावी पुस्तमा हस्तान्तरण गर्ने उद्देश्यले विहिबारदेखि बैशाख ७ गते सम्म पदयात्रा सुरु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरब कुमार केसीले जानकारी दिए । पदयात्रामा बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी ३ सय ५ किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।

पृथ्वीनारायण शाहले ई.सं. १७४३ मा गोरखा राज्यको राज्योरोहण पश्चात् पुर्व तर्फको एकीकरण अभियान शुरू गरेका थिए । तत्कालिन प्रधानमन्त्री भीमसेन थापाको समयमा पाल्पा राज्यलाई नेपाल राज्यमा एकीकरण गरिनुको साथै नेपालको सिमाना पूर्वमा भारतको टिष्टा नदी र पश्चिोममा सतलज नदीसम्म पु¥याउन नेपाली सेना सफल भएको थियो ।

ई.सं. १८१४ मा भएको नेपाल अंग्रेज विरुद्ध जितगढीको लडाईमा अंग्रेजको दोस्रो प्रयासलाई नेपाली सेनाका ५ वटा प्रथम कम्पनिको फौजले रणकौसलता पूर्वक विजय हासिल गरेका तथा युद्धमा विरता देखाएका विर योद्धा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा अग्रेजलाई हराएका दिन विजय उत्सवको रुपमा मनाउने तथा ईतिहासका गौरवशाली विम्ब र धरोहरहरुलाई समवर्दन तथा प्रवद्र्धन गर्नुका साथै ईतिहासलाई दिर्घकालिनको रुपमा जिवन्त राख्न गोरखा–जितगढी पदयात्रा कार्यक्रमको थालनी भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु