कीर्तिपुर क्रिकेट रंगशाला निर्माणको लागि दुई महिनाको समय

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख २२

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई महिना भित्रमा कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने काम पुरा नभए सैह्य नहुने चेतावनी दिएका छन् । सोमबार शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले अवको २ महिना भित्रमा क्रिकेट रंगशाला निर्माण गरिसक्न निर्देशन दिए ।

‘यो सरकार बनेपछि क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो। पर्सी २४ गते ३०० दिन पुग्दै छ। किन समयमै काम नसकेको भनेर शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर आज स्पष्टीकरण लिएको छु ।’ प्रधानमन्त्रीले भने उहाँहरूले त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नु परेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समय सीमामा काम सम्पन्न गर्न नसकेको बताउनु भयो । थप दुई महिनाभित्र प्यारापिट निर्माण र फÞ्लडलाइट जडानको काम पूरा गरिसक्ने वाचा गर्नु भएको छ । आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुनेगरी काम गर्नु पर्छ भन्ने सरकारको प्राथमिकता छ ।’

कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले अव थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य नहुने भन्दै प्रधानमन्त्री ओलीले असारको अन्तिम सातासम्म पक्कै हामीले कीर्तिपुरमा क्रिकेट रंगशाला पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता