भानु नगरपालिकाद्वारा इप्रका भानुलाई आगो निभाउने उपकरण प्रदान

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २२

भानु नगरपालिकाको कार्यालयद्वारा ईलाका प्रहरी कार्यालय भानुकोलागि आगो निभाउने उपकरण प्रदान गरिएको छ । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले इप्रका भानुका प्रमुख प्रहरी निरीक्षक दिपक कुँवरलाई उक्त उपकरण हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा नगरप्रमुख त्रिपाठीले विपद् व्यवस्थापन, आगलागी नियन्त्रणको लागि प्रयोगको लागि सुरक्षा निकायलाई उक्त उपकरण प्रदान गरिएको बताए । यस प्रकारको उपकरणले आगलागी बढन नदिनुका साथै नियन्त्रण समेत गरिने र यस प्रकारको उपकरण पालिकाको प्रत्येक टोल, वडा, कार्यालयहरु तथा बजार क्षेत्रमा विस्तारको गर्ने समेत नगर प्रमुख त्रिपाठीले बताए ।

सो कार्यक्रममा नगर उप–प्रमुख उमा गोतामे, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, वरिष्ट प्रशासकिय अधिकृत सुनील पाण्डे, भानु नगरपाविका वडा नम्बर ७ का वडा अध्यक्ष खुम प्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य