भानु नगरपालिकाद्वारा इप्रका भानुलाई आगो निभाउने उपकरण प्रदान

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २२

भानु नगरपालिकाको कार्यालयद्वारा ईलाका प्रहरी कार्यालय भानुकोलागि आगो निभाउने उपकरण प्रदान गरिएको छ । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले इप्रका भानुका प्रमुख प्रहरी निरीक्षक दिपक कुँवरलाई उक्त उपकरण हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा नगरप्रमुख त्रिपाठीले विपद् व्यवस्थापन, आगलागी नियन्त्रणको लागि प्रयोगको लागि सुरक्षा निकायलाई उक्त उपकरण प्रदान गरिएको बताए । यस प्रकारको उपकरणले आगलागी बढन नदिनुका साथै नियन्त्रण समेत गरिने र यस प्रकारको उपकरण पालिकाको प्रत्येक टोल, वडा, कार्यालयहरु तथा बजार क्षेत्रमा विस्तारको गर्ने समेत नगर प्रमुख त्रिपाठीले बताए ।

सो कार्यक्रममा नगर उप–प्रमुख उमा गोतामे, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, वरिष्ट प्रशासकिय अधिकृत सुनील पाण्डे, भानु नगरपाविका वडा नम्बर ७ का वडा अध्यक्ष खुम प्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि