पानी नपरेपछि ढोरवाराही मन्दिरमा पुजा

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २२

लामो समयदेखी खडेरी परेको भन्दै शुक्लागन्डकी नपा–९ को शितलवस्ती टोल विकास संस्थाको आह्वानमा बालबालिका, युवा, बयस्क लगायत जेष्ठ नागरिक सहितको उपस्थितिमा पानी माग्न ढोरवाराही मन्दिर पुगेका छन् ।

बालबालिका, युवा, बयस्क लगायत जेष्ठ नागरीक सहितको उपस्थितिमा टोलले गरेको नेतृत्वमा पानी माग्न ढोरबराही पुगेको समितिका सचिव रविलाल पौडेलले बताए । शितलवस्ती टोलमा जम्मा ६१ घर धुरी रहेको र सवैको सहभागितामा पानी माग्न आस्थाकी देवी ढोरबाराही मन्दिर गएको सचिव पौडेलले बताए ।

टोल विकास समितिका कोषाध्यक्ष विष्णुमाया गौतमले लामो समयदेखी खडेरी परेको र किसानहरुले उत्पादन गर्न लगाएको कृषि बालीमा नराम्रो असर परेको भन्दै भजन कृतन सहित ढोरबाराही मातालाई पुकार्न आएको बताइन् ।

स्थानीय समाजसेवी दामोदर रेग्मीले स्थानीय कला, संस्कृती, धार्मिक सम्पदाको महत्व आगामी पुस्तालाई सिकाउँदै ज्ञान, सिप, कला र आस्थालाई जिवित राख्नु पर्ने बताए । ‘परम्परागत मुल्य मान्यतामा विज्ञान लुकेको छ । हामिले यो कुरालाई बुझेनौँ भने हाम्रा पुस्तालाई के सिकाएर जान्छौँ त हामी ?’ रेग्मीले भने ।

ढोरबाराही देवीको शक्ति अपार भएको र विगतमा पनि यस्तै खडेरी परेको बेला यसरी नै पानी माग्न आउँदा पानी परेको उदाहरण प्रष्ट भएको बताउँदै टोल विकास संस्थाका अध्यक्ष मेघनाथ पौडेल रोहितले यो एक किंवदन्ति मात्र नभई धार्मिक आस्था समेत रहेको बताए ।

बोली प्रष्ट नफुटेका बालबालिकाहरुलाई पनि ढोरबाराहि माताको दर्शन गराई यहाँ रहेको पवित्र कुण्डमा स्नान गराएमा बोली फुटेको दृष्टान्त दिदै उनले यस क्षेत्रको महत्व उजागर गर्न समेत यो कार्यक्रमको महत्व रहेको बताए । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ का बडा अध्यक्ष धनबहादुर पुलामीले यस क्षेत्रको आस्था र विश्वासको केन्द्र ढोरवाराही देवीको शक्ति अपार रहेको बताए ।

उनले भने ‘ढोरबाराही मन्दिर यस क्षेत्रको मात्र नभएर देशकै धार्मिक गहना हो । यहाँको लहरी विश्वमा प्रख्यात छ । यस क्षेत्रको विकासमा तिनै तहको सरकारको समन्वयात्मक कार्यक्रमलाई जा््ेड दिनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि