पानी नपरेपछि ढोरवाराही मन्दिरमा पुजा

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २२

लामो समयदेखी खडेरी परेको भन्दै शुक्लागन्डकी नपा–९ को शितलवस्ती टोल विकास संस्थाको आह्वानमा बालबालिका, युवा, बयस्क लगायत जेष्ठ नागरिक सहितको उपस्थितिमा पानी माग्न ढोरवाराही मन्दिर पुगेका छन् ।

बालबालिका, युवा, बयस्क लगायत जेष्ठ नागरीक सहितको उपस्थितिमा टोलले गरेको नेतृत्वमा पानी माग्न ढोरबराही पुगेको समितिका सचिव रविलाल पौडेलले बताए । शितलवस्ती टोलमा जम्मा ६१ घर धुरी रहेको र सवैको सहभागितामा पानी माग्न आस्थाकी देवी ढोरबाराही मन्दिर गएको सचिव पौडेलले बताए ।

टोल विकास समितिका कोषाध्यक्ष विष्णुमाया गौतमले लामो समयदेखी खडेरी परेको र किसानहरुले उत्पादन गर्न लगाएको कृषि बालीमा नराम्रो असर परेको भन्दै भजन कृतन सहित ढोरबाराही मातालाई पुकार्न आएको बताइन् ।

स्थानीय समाजसेवी दामोदर रेग्मीले स्थानीय कला, संस्कृती, धार्मिक सम्पदाको महत्व आगामी पुस्तालाई सिकाउँदै ज्ञान, सिप, कला र आस्थालाई जिवित राख्नु पर्ने बताए । ‘परम्परागत मुल्य मान्यतामा विज्ञान लुकेको छ । हामिले यो कुरालाई बुझेनौँ भने हाम्रा पुस्तालाई के सिकाएर जान्छौँ त हामी ?’ रेग्मीले भने ।

ढोरबाराही देवीको शक्ति अपार भएको र विगतमा पनि यस्तै खडेरी परेको बेला यसरी नै पानी माग्न आउँदा पानी परेको उदाहरण प्रष्ट भएको बताउँदै टोल विकास संस्थाका अध्यक्ष मेघनाथ पौडेल रोहितले यो एक किंवदन्ति मात्र नभई धार्मिक आस्था समेत रहेको बताए ।

बोली प्रष्ट नफुटेका बालबालिकाहरुलाई पनि ढोरबाराहि माताको दर्शन गराई यहाँ रहेको पवित्र कुण्डमा स्नान गराएमा बोली फुटेको दृष्टान्त दिदै उनले यस क्षेत्रको महत्व उजागर गर्न समेत यो कार्यक्रमको महत्व रहेको बताए । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ का बडा अध्यक्ष धनबहादुर पुलामीले यस क्षेत्रको आस्था र विश्वासको केन्द्र ढोरवाराही देवीको शक्ति अपार रहेको बताए ।

उनले भने ‘ढोरबाराही मन्दिर यस क्षेत्रको मात्र नभएर देशकै धार्मिक गहना हो । यहाँको लहरी विश्वमा प्रख्यात छ । यस क्षेत्रको विकासमा तिनै तहको सरकारको समन्वयात्मक कार्यक्रमलाई जा््ेड दिनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको