सबैसँग समन्वय र सहकार्य गरेर काम गर्छुः प्रजिअ अधिकारी

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २५

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जिल्लाका सबै सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरेर काम गर्ने बताएका छन् । सरुवा भएर हालै तनहुँ आएका प्रजिअ अधिकारीले विहिबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सन्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा एक्लै दौडेर कँहि नपुगिने भन्दै आफु तनुहँ बस्दाको अवधिमा सबैसँग समन्वय र सहकार्य गर्ने बताए ।

शान्ति सुरक्षा, अमनचयन र अपराध न्युनिकरण आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै प्रजिअ भण्डारीले यि काम सम्पादन गर्ने क्रममा सबैसँग सहकार्य र समन्वय गर्ने बताए । कार्य सम्पादनको क्रममा पेशागत व्यवसायलाई प्राथमिकतामा राख्ने उनले बताए ।

काम गर्ने क्रममा राज्यले चाहेको बखत जुनसुकै कर्मचारीले जहिले पनि सरुवा गर्न सक्ने प्रावधान रहेको भन्दै आफु पनि राज्यले जुनसुकै समयमा र जुनसुकै दिन जान तयार रहेको बताए । सबै राजनीतिक दल, पेशा र व्यवसायी, सन्चारकर्मीहरुसँग सम्मानको व्यवहार गर्ने प्रजिअ अधिकारीले बताए ।

विपद् न्युनिकरण र व्यवस्थापन, शान्ति सुरक्षा, भ्रष्टाचारको नियन्त्रण, अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, लागु औषध दुव्र्यसनी न्युनिकरण तथा विकासको काममा हुने ढिलासुस्तीको अन्त्य गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको प्रजिअ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको