घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २९

घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी २ दिने कार्यशाला सन्चालन भएको छ । शिक्षण सिकाईमा सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक कुराको शिक्षण गर्न सहज हुने उद्देश्यले आयोजना गरेको सो कार्यक्रममा घिरिङ गाउँपालिका भित्र रहेका ७ वटा माध्यमिक विद्यालयका आधारभूत तहमा अध्यापनरत शिक्षकहरू र वडा नम्बर १ का सबै विद्यालयका गरी ३० जना शिक्षकहरू सहभागी भएका थिए ।

विद्यालयको सभाहलमा सञ्चालन भएको कार्यक्रमको शुक्रबार गाउँपालिका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले शिक्षण सिकाई लाई सरल, सहज र प्रभावकारी बनाई शैक्षिक गुणस्तर वृद्धि गर्न शैक्षिक सामग्रीको महत्व हुने बताए । ‘शैक्षिक सामग्री बिनाको शिक्षण भनेको हतियार बिनाको शिकार गर्नु जस्तै हो’ अध्यक्ष थापाले भने । कक्षा शिक्षणलाई प्रभावकारी बनाउन स्थानीय सामग्रीको प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गर्ने कार्यशाला आयोजना गरी उदाहरणीय कार्य गरेकोमा कृष्ण माध्यमिक विद्यालयलाई धन्यवाद ज्ञापन गरे ।

विद्यालयका प्रअ ध्रुवराज सिग्देलले सुनेको बिर्सिन्छ, देखेको सम्झिन्छ, गरेको जानिन्छ भन्ने भनाई अनुसार विषय वस्तुलाई प्रभावकारी ढङ्गबाट अध्यापन गर्न शैक्षिक सामग्री आवश्यक रहेको हुँदा विज्ञ प्रशिक्षक द्वारा सामग्री निर्माण गर्ने तरिका सिकाइएको बताए । सो तालिमको प्रशिक्षकको रूपमा मेनुका थापा र मुना थापा रहेका थिए ।

कार्यक्रममा १ नम्बर का वडा अध्यक्ष रविचन्द्र घोरासिनी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल घिमिरेले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विवेक आचार्यले गरेका थिए भने स्वागत मन्तव्य सहायक प्रधानाध्यापक शिवभक्त सिग्देलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको