तनहुँ जलविद्युत आयोजनाको तल्लो तटिय क्षेत्रका बासिन्दालाई बाढीजन्य विपद् जोखिम न्यूनिकरण सचेतना

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १४

तनहुँ जलविद्युत आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजना अन्तर्गत सेती नदीमा निर्माणधीन बाँधस्थल भन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीजन्य विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रममा नदी सुरक्षाविज्ञबाट आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजना, बाँध सुरक्षा, मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रमा निर्माण गरिएको अस्थायी बाँध, त्यसबाट तल्लो तटीय क्षेत्रमा हुने नदीको बहावमा हुनसक्ने फेरबदल, सम्भावित क्षति, क्षति न्यूनिकरणका लागि पूर्वसचेतना, पूर्वसूचना, उद्धारलगायतका बारेमा तयार गरिएको प्रतिकार्य योजनालगायतका विषयमा विस्तृत रुपमा जानकारी दिइएको थियो ।

बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढाव र त्यसबाट बच्ने उपायहरुकालगायतका विषय समेटिएको सन्देशमूलक डकुमेन्ट्रीसमेत सहभागीहरुलाई देखाइएको थियो । आयोजनाको बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन १७ स्थानमा साइरन जडान गरी सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती