एकल महिलालाई आत्मनिर्भर बनाउन म्याग्देमा बाख्रा वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २४

म्याग्दे गाउँपालिकाले एकल महिलालाई बाख्रा वितरण गरेको छ । एकल महिलाको आयआर्जनमा थप टेवा पु¥याउने उद्देश्यले वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बाख्रा हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले एकल महिलाको जीविको पार्जन गर्न सहजहोस् भनेर बाख्रा सहयोग गरिएको बताए । एकल महिलालाई बाख्रा वितरणका लागि गाउँपालिकाले तीन लाख बजेट विनियोजन गरी वडाको सिफारिसको आधारमा एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन बाख्रा वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

बाख्राबाट छाटो समयमा नै आम्दानी लिन सकिने र यहाँको हावापानी र चरन राम्रो भएकोले सहयोग गरिएको म्याग्दे गाउँपालिकाको महिला, बालबालिकाका तथा सामाजिकीकरण उपशाखाको प्रमुख सुकमाया राना मगरले जानकारी दिइन् । गाउँपालिकामा एकल महिलाको संख्या चार सय ५२ जना रहेकोमा निम्न आय भएका २८ जना महिला छनोट गरी बाख्रा वितरण गरिएको जानकारी दिइन् ।

एकल महिला सिर्जना विकले पालिकाले अनुदानमा बाख्रा वितरण गरेकाले बाख्रापालनतर्फ आत्मनिर्भर बन्ने प्रयास गर्ने बताइन् । यसले बाख्रापालनतर्फ अगाडि बढ्न प्रोत्साहित गरेको उनको भनाई छ ।

म्याग्देका सात वटा वडाबाट चार/चार एकल महिला छनोट गरी प्रत्येकलाई एक/एक वटाका दरले ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सयुक्त रूपमा शुक्रबार प्रदान गरेका थिए । बाख्रा खरिदका लागि प्रति महिला १२ हजार सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती