विष्णु मगर । देवघाट, जेठ २५
देवघाट गाउँपालिका–५ स्थित रानिवन सामुदायिक वन उपभोक्ता समुहले वन समुहका उपभोक्ता महिलाहरुको लागि सेनेटरी प्याड बनााउने सम्बन्धि ५ दिने तालिम दिएको छ ।



उपभोक्ता महिलाहरुलाई सेनेटरी प्याड बनाउने सिप प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिईएको रानीवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टुकनाथ अधिकारीले बताए । उक्त तालिमको उद्घाटन गर्दै देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले महिलाहरुले आफैले सेनेटरी प्याड बनाउन सक्ने हो भने प्याडमा खर्च गर्ने पैसा बचत हुने बताए । आफैले उत्पादन गरेको प्याडमा केमिकल नहुने हुँदा त्यो स्वास्थ्यको लागि पनि फाईदाजनक हुने उनले बताए ।

सामुदायिक वन महांसघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले पछिल्लो समय मानिसहरु परजिबी भएको र सबै चिजहरु बहिरबाट किनेर ल्याउने गरेको बताए । सेनेटरी प्याड बनाउन जानेमा मात्र पनि महिलाहरुको धेरै पैसा बचत हुने उनले बताए । रानिवन सामुदायिक वनले दिएको सिपले अब देवघाटमा प्याडको पुर्ती गराउनुपर्ने न्यौपानेले बताए ।
देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले महिलाहरुको प्याड बनाउने कुरा महिलाहरुको स्वास्थसँग जोडिएको पन्तले बताए । प्याड बनाउने सीप व्यवसायमा जोडेको हुदा यसबाट आम्दानीमा परिवर्तन गरि पारिवारिक आर्थिक अबस्था सबल हुने पन्तले बताए । सेनेटरी प्याडको बजारिकरणको लागि गाउँपालिकाले पुर्ण रुपमा सहयोग गर्ने पन्तले बताए ।
स्थानिय वन महासंघ देवघाटका अध्यक्ष प्रविण कार्कीले प्याड बनाउन सीप सिकेर सिङ्गो देवघाटलाई प्याडको पुर्ती गराउनुपर्ने बताए । रानिवन सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारीले प्याड बनाउन सिकेपछि यसलाई निरन्तरता दिने अधिकारीले बताए । अधिकारीले महिलाहरुको सीप सिक्नको लागि छुट्याउने बजेटमा पालिकाले वडाले यस तालिमलाई निरन्तर दिनको बजेट छुट्याउन पालिका र वडालाइ आग्रह गरे । वडा नम्बर ५ का वडा सदस्य याम बहादुर मगरले प्याड बनाउन जाने पनि प्याड किन्ने पैसा बच्ने बताए ।

तालिमकी प्रशिक्षक सावित्री भण्डारीले प्याड बनाउन जाने पछि यसको बजार व्यवस्थापन गर्नुपर्ने भण्डारीले बताए । गण्डकी प्रदेशमा पहिलो पटक सामुदायिक बनको तर्फबाट महिलाकोलागि प्याड बनाउने तालिम लिएको भण्डारीले बताइन् । मधुवन सामुदायिक वनका उपाध्यक्ष कमला देवकोटाले सीप सिकेर व्ययवसाायमा लागू गर्नुपर्ने देवकोटाले बताइन् । सीप सिकेर व्यवहारमा उतार्न नसके सीप सिकेर अर्थ नहुने देवकोटाले बताइन् ।
उक्त कार्यक्रममा रानीवन सामुदायिक वनका सचिव इन्द्रा माया मगरले स्वागत मन्तव्य राखेकी थिइन् । उक्त कार्यक्रमको सन्चालन रानिवन सामुदायिक वनको अनुगमन समितिका सयोंजक भरत आचार्यले गरेका थिए । सो तालिममा सावित्री भण्डारी र रविना मगरले प्रशिक्षण दिनेछन् । तालिम जेठ २९ गतेसम्म चल्नेछ ।












