थुम्कामा समाजसेवी भुमिनन्द लामिछानेको शालिक अनावरण

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ, २६

बन्दीपुर गाउँपालिका–५ थुम्कामा समाजसेवी एवं नेकपा माओवादी केन्द्रका स्वर्गीय नेता भूमिनन्द लामिछानेको अर्धकद शालिक अनावरण गरिएको छ । थुम्का चौतारा परिसरमा आज बिहान एक समारोहबीच शालिक अनावरण गरिएको हो ।

स्थानीय थुम्का युवा समाजको पहलमा निर्माण गरिएको उक्त शालिकको अनावरण लामिछानेका सुपुत्र हरि लामिछानेले गरेका हुन् । शालिक अनावरण गर्दै लामिछानेले आफ्नो पिताप्रति देखाइएको सम्मान, माया र स्नेहका लागि थुम्का युवा समाजप्रति हृदयदेखि नै आभार व्यक्त गरे ।

२०७४ साल जेठ २५ गते ६६ वर्षको उमेरमा स्वर्गीय भएका लामिछाने सामाजिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्थे । द्वन्द्वकालको समयमा आफ्ना छोराको निधन भइसकेपछि पनि उनी समाजसेवामा तल्लिन रहेका थिए ।

स्व. लामिछानेले बन्दीपुर बजारको सौन्दर्यकरणका लागि उल्लेखनीय योगदान दिएका थिए । बजारमा सवारी साधन प्रवेशमा रोक लगाई ढुंगा छपनीको प्रयोग गरेर बन्दीपुरलाई व्यवस्थित बनाउने कार्यमा उनले अग्रणी भूमिका खेलेको स्थानीयहरूले बताएका छन् ।

त्यसैगरी, थुम्का वरपरका क्षेत्रमा खानेपानी आयोजना सञ्चालन, विद्यालय निर्माण, सहकारी संस्था खोल्न पहल गर्नुका साथै बाटो निर्माण जस्ता थुप्रै सामाजिक कार्यहरूमा लामिछानेको योगदान उल्लेखनीय रहेको स्थानीयको भनाइ छ ।

स्व. लामिछाने नेकपा माओवादी केन्द्रका तत्कालीन जिल्ला सचिवालय सदस्यका रूपमा पनि सक्रिय थिए । पार्टी राजनीतिसँगै सामाजिक सेवामा समेत उत्तिकै सक्रिय रहेर जनताको मन जित्न सफल लामिछानेको स्मृतिमा स्थापित शालिकले याम्पा थुम्कावासीलाई प्रेरणा दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता