म्याग्दे गाउँपालिकाको तिन वर्षः जनउत्तरदायी कार्यक्रमहरु सन्चालन

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २६

म्याग्दे गाउँपालिकाले पछिल्लो तीन वर्षको अवधिमा जनउत्तरदायी कार्यक्रमहरु सन्चालन गरेको छ । २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको तिन वर्षको उपलब्धी सार्वजानिक गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले यस अवधिमा जनउत्तरदायी कार्यक्रमहरु सन्चालन गरिएको भन्दै जनताको हितमा नीति तथा कार्यक्रम सन्चालन गरिएको बताए ।

गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम र पर्यटन मन्त्रालयको वृद्धिमुखी उद्यमशीलता कार्यक्रमबाट २० जनालाई रोजगारी, गाउँपालिकाको उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट ४२ जनालाई रोजगारी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए । आर्थिक विपन्न घर निर्माण अन्तर्गत पहिलो वर्ष १६, दोस्रो वर्ष ३२ गरी ४८ वटा परिवारको घर निर्माण गरिएको उनले बताए ।

त्यस्तै अनौपचारिक क्षेत्रका मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराई मजदुरहरुलाई पेन्सन पाउने व्यवस्था गरिएको पनि उनले बताए । यो कार्यक्रममा ६६ जना मजदुरहरु आवद्ध रहेको अध्यक्ष श्रेष्ठले बताए । सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने तनहुँ गन्डकी प्रदेशमा दोश्रो पालिका रहेको अध्यक्ष श्रेष्ठले बताए ।

म्याग्दे गाउँपालिकाले गाउँपालिका भित्र रहेका विपन्न वर्गका श्रमिकहरूको लागि योगदानमा आधारीत मजदुर संचित कोषको सुरुवात गरेको छ । यस कोषमा सहभागी हुने ६६ जना श्रमिकहरूले न्यूनतमा आधारभूत पारिश्रमिकको ११ प्रतिशत हुन आउने रकम रु ११९० प्रति महिना जम्मा गरे वापत पालिकाले न्यूनतम पारिश्रमिकको ९।३७ प्रतिशत रकम रु १०१४ रुपैय निज मजदुरको खातामा जम्मा गरी कोष संचालन गरेको छ । यस कार्यबाट आर्थिक रुपमा पछि परेका मजदुरहरुको सुनौलो भविष्यको लागि पेन्सन सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

गरिबी निवारण र रोजगारीतर्फ पहिलो वर्ष एक सय ३२ र दोस्रो वर्ष ५१ गरी एक सय ८३ घरको खरको छाना विस्थापन गरिएको बताउँदै श्रेष्ठले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रममार्फत् ९० जनालाई उद्यमी बनाइएको उनले बताए ।

कृषकहरुको हितमा सहकारी मार्फत विक्री गरिने दूधमा प्रति लिटर दश रुपैयाँ, मासुमा अनुदान, पशु सुत्केरी पोषण अनुदान कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै हलगोरु अनुदान, माछाको भुरा वितरण, बङ्गुर, बोयर बोका वितरण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

लागत साझेदारीमा वार्षिक तीन करोड ५० लाखको भवन तथा सडक निर्माण, नियमित रुपमा वार्षिक दुई सयको सङ्ख्यामा वडा र गाउँपालिकाबाट विभिन्न सडक, भवन, सिचाइँ, पूर्वाधार निर्माण भएको श्रेष्ठले बताए । पर्यटनतर्फ बच्याङमा पर्यटन प्रबद्र्धन र होमस्टे कार्यक्रम सहित दश घरमा होमस्टे स्थापना, वडा नम्बर ४ छाङगैह्रा, वडा नम्बर ७ हर्कपुर र वडा नम्बर ६ मनपाङमा होमस्टे स्थापना गरिएको श्रेष्ठले बताए ।

खानेपानीतर्फ अर्चले माझीलाङ भावर खानेपानी योजना रु तीन करोडमा सम्पन्न, लिफ्टिङ खानेपानी, बोरिङ सञ्चालन तथा लिफ्टिङ खानेपानीको विद्युत बिल भुक्तानी कार्य गरिएको श्रेषले उनले बताए । सुत्केरी भत्ता पाँच हजार, उपाध्यक्षसँग विदुर अन्तर्गत एकल पुरुष, अपाङ्ग ग र घ लाई मासिक पाँच सय भत्ता वितरण गरिँदै आएको श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार पूर्वाधार विकासतर्फ गाउँपालिकाको भवन एक, सभाहल भवन एक, थर्पु अस्पताल भवन एक, आधारभूत स्वास्थ्य चौकी भवन तीन, वडा कार्यालय छ वटा भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिका र विद्युतको साझेदारीमा चिस्यान केन्द्र, माझिलाङ खानेपानी योजना, ल्याण्डफिल्ड साइटमा विद्युत विस्तार लगायतका कार्य सम्पन्न भएका छन् । विद्युततर्फ काठेपुल विस्थापन गरी स्टील पोल राख्ने काम भएको छ ।

गाउँपालिकाले हालसम्म एक सय ३० वटा कानून निर्माण सम्पन्न गरेको छ । त्यसमध्ये पहिलो पदाधिकारीबाट ९० र दोस्रो पदाधिकारीबाट ४० वटा कानून निर्माण भएको श्रेष्ठले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको