जन्मदिनमा क्यान्सर र मृगौला पिडितलाई अभियान्ता रिताको आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, जेठ २९

सामाजिक अभियान्ता रिता परियारले तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–५, थाङ्दीका क्यान्सर पीडित यम बहादुर नेपालीलाई आर्थिक सहयोग गरेकी छन् । आफ्नो जन्म दिनको अवसरमा परियारले पिडित नेपालीलाई पत्रकार अन्जान परियार मार्फत १३ हजार रुपैयाँ सहयोग प्रदान गरेकी हुन् ।

विगत एक वर्ष देखि जिब्रोको क्यान्सर बाट पिडित यम बहादुर नेपालीको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । हाल उनको थप उपचारका लागि सामाजिक सञ्जाल मार्फत सहयोग संकलन अभियान चलाइएको छ। पीडित नेपालीकी श्रीमतीको भावुक हुँदै सहयोगको अपिल गरिएको भिडियो देखेपछि सहयोग गर्ने इच्छा जागेको परियारले बताएकी छन् ।

यस्तै मृगौला पीडित सरु बस्नेतलाई पनि २० हजार रुपैयाँ सहयोग गरेकी छन् भने स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१० को एक विद्यालयमा १५ जना विद्यार्थीलाई झोला वितरण गर्ने निर्णय गरेकी छन् । उक्त विद्यार्थीहरूलाई अभियान्ता पूर्णिमा परियार मार्फत झोला हस्तान्तरण गर्ने कार्यक्रम रहेको परियारले बताइन् ।

गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–२, मनकामनामा जन्मिएकी रिता परियार हाल नर्वेमा बसोबास गर्दै आएकी छन् । उनले विगतदेखि नै क्यान्सर पीडित, मृगौला पीडित, विपन्न परिवार तथा मनकामना क्षेत्रमा एम्बुलेन्स खरिद जस्ता सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आएकी छन् । केही समय अघि नेपाल आएको बेला विभिन्न संघ–संस्थाबाट उनले सम्मान पनि प्राप्त गरेकी थिइन् ।

तनहुँ आफ्नो छिमेकी जिल्ला भएकाले र जन्मदिनको मुखमा पिडितको भिडियो देखिएको कारणले गर्दा अन्यत्र खर्च गर्न चाहेको रकम यही पिडितको उपचारमा खर्च गर्न उचित ठानेको उनले बताइन् । ‘पोखराको कोटी होममा सहयोग गर्ने सोच थियो, तर त्यहाँ त हुनेखानेहरूले धेरै सहयोग गरिसकेका रहेछन्। यस बीचमा आजकै दिन पनि एक मृगौला पिडितले औषधि किन्ने पैसा छैन भन्दै सहयोग मागेपछि २० हजार ती पीडितलाई पठाएको छु उनले भनिन्, यस्ता वास्तविक पीडितको लागि केही गर्न पाउँदा सन्तोष मिलेको छ ।’

अहिले सम्म २ सय ७० जना भन्दा बढी पीडितहरूलाई आर्थिक सहयोग गरिसकेको जानकारी दिँदै उनले भनिन्, ‘सहयोगका कारण मृत्युको मुखबाट फर्किएका बिरामीहरूले ‘हजुरकै कारण बाँचियो’ भनेर फोन गर्दा म निकै भावुक हुन्छु । अझ ठूलो लक्ष्य लिएर सामाजिक कार्यमा अघि बढेकी छु । आलोचकहरू नभएका होइनन्, तर तिनकै कारण म अझ दृढ भएकी छु ।’

यस वर्षको जन्म दिनको अवसरमा काठमाडौँ स्थित एक आश्रममा रहेका बालबालिकाहरुलाई खाना खुवाउने योजना पनि रहेको जानकारी दिँदै उनले भनिन्, ‘अहिलेसम्म जे–जति सहयोग गरेकी छु, त्यसले मलाई आत्मसन्तुष्टि दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ