घिरिङमा बुटिक डिजाइन तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, जेठ २९

घिरिङ गाउँपालिकामा एडभान्स बुटिक डिजाइन तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ३, पोखरीछाप स्थित वडा कार्यालयको हलमा १५ दिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको हो ।

सो तालिमको बुधबार वडा अध्यक्ष तहल सिंह थापाको अध्यक्षतामा समापन कार्यक्रम गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष होम बहादुर थापाले महिलाहरू लाई सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य राखेको बताए । उनले भने, “सीप सिकेर महिलाहरूले अब कसैको सहारामा निर्भर हुनुपर्ने अवस्था रहने छैन, आफ्नो सीपबाटै आर्थिक उपार्जन गर्ने बाटो खोलिनेछ ।” अध्यक्ष थापाले आगामी दिनमा आवश्यकतानुसार थप तालिम सञ्चालन गरिने प्रतिवद्धता पनि व्यक्त गरे ।

यस अवसरमा सहभागी २० जना प्रशिक्षार्थीलाई अध्यक्ष थापाको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो। साथै तालिममा सिकाइ प्रयोगका लागि ६ वटा सिलाई मेसिन र २० वटा बुटिक रिङ्ग हस्तान्तरण गरिएको थियो। तालिमकी प्रशिक्षक लिला खाम्चा मगरले सल, पछ्यौरी, सुर्के थैली लगायत बुटिकका विभिन्न सामग्री बनाउने र बुट्टा भराइको सीप प्रदान गरिएको जानकारी दिइन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, ग्रामीण उद्यमशीलता विकास तालिम केन्द्रका अध्यक्ष दीपक सुवेदी लगायतको उपस्थिति थियो। कार्यक्रम सन्चालन सूचना अधिकारी ध्रुव लामिछानेले गरेका थिए ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूले यस्तो उपयोगी सीप सिक्न पाएकोमा गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै भविष्यमा व्यवसायिक रुपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई