भरतपुरमा रक्तदान महोत्सवले राख्यो राष्ट्रिय रेकर्ड

Devghat Online

शेयर गरौ

चितवन । जेठ ३१

ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा भरतपुरमा शनिबार गरिएको रक्तदान महोत्सवमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् ।

रक्तदान महोत्सवमा जिल्लाका सात वटै पालिका र आसपासका विभिन्न गाउँठाउँबाट उल्लेख्य संख्यामा उत्साहप्रद ढंगबाट रक्तदाताहरु सहभागी भएका थिए । संकलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले १५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले १८१ युनिट रगत स्टोर गरेका छन् ।

रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत संकलन गर्दै राष्ट्रिय रेकर्ड समेत कायम गरेको छ ।

यसअघि लायन्स क्लब अफ काठमाडौँ लगायतका संस्थाले २०७४ फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौंको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत संकलन गरेका थिए । चितवनले शनिवार सो रेकर्ड तोडेको हो ।

अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारी सञ्चालित सो कार्यक्रममा उल्लेख्य संख्यामा नयाँ रक्तदाताहरुको सहभागिता रहेको थियो । त्यस्तै महिला रक्तदाताहरुको संख्या समेत उच्च रहेको थियो । महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्त समूह परीक्षण र प्रभातफेरि एवं पुरस्कार तथा सम्मान वितरण समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो