ब्राह्मण समाज भिमादको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ३१

नेपाल ब्राह्मण समाज भिमाद नगर समितिको पाँचौ नगर साधारणसभा शनिबार भिमादमा सम्पन्न भएको छ ।
उक्त अधिवेशनको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा ब्राह्मण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पान्डेले समाज गठन गर्नुपर्नाको कारणहरुबारे प्रकाश पारेका थिए ।

ब्राह्मण समाज भिमाद नगर समितिका सभापति इश्वरी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ब्राह्मण समाज तनहुँका सचिव कृष्णहरि गैरे, कोषाध्यक्ष गंगाप्रसाद पोख्रेल, सदस्य प्रदिप घिमिरे, भिमाद नगर निर्वाचन संयोजक चन्द्रप्रकाश सुवेदी, हरिभक्त सुवेदी, माधवचन्द्र गैरे लगायतले समाजको आवश्यकता तथा धर्म संस्कृति र संस्कार जोगाउनुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रम ब्राह्मण समाज भिमादको उन्नयनमा उल्लेख्य योगदान पुर्याउने बद्री सुवेदी, लक्ष्मण अधिकारी, हरिशरण गैह्रे, जसुदा खनाल, ओमकार सिग्देल, शंकर वाग्ले र दामोदर लम्लाल लगायतलाई दोसल्ला र प्रमाणपत्र द्वारा प्रमुख अतिथि नगर प्रमुख सुवेदी र ब्राह्मण समाज तनहुँका अध्यक्ष पान्डेले संयुक्तरुपमा सम्मान गरेका थिए ।

उक्त कार्यक्रम समाजका सचिव गोबिन्द सुवेदीले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको