सांसदहरुद्वारा देवघाट क्षेत्र विकास समितिको कार्यक्षेत्रको अवलोकन

Devghat Online

शेयर गरौ

देवघाट । असार २

राष्ट्रिय सभाका सांसदहरुले देवघाट क्षेत्र विकास समितिको कार्यक्षेत्रको अवलोकन गरेका छन् । आइतबार देवघाट आएका राष्ट्रिय सभा संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति अन्तर्गतका सांसदहरुले देवघाट क्षेत्र विकास समितिको कार्यक्षेत्रको अवलोकन तथा क्षेत्र विकास समितिको कामको बारेमा अन्तरक्रिया गरेका थिए ।

समितिका सभापति सोनाम ग्याल्जेन शेर्पा, तथा सांसदहरु गोपी बहादुर सार्की अछामी, किरणबाबु श्रेष्ठ, नारायणदत्त मिश्र, उदय बहादुर बोहोरा, जग प्रसाद शर्मा, दुर्गा गुरुङ्ग, राजेन्द्रलक्ष्मी गैरे तथा विष्णु कुमारी सापकोटाले समितिको कामको बारेमा जानकारी लिएका थिए ।

देवघाट क्षेत्र विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा समितिका कार्यकारी निर्देशक सदन बरालले समितिको काम र कार्यक्षेत्रको बारेमा सांसदहरुलाई जानकारी गराएका थिए । सो अवसरमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ लगायतको पनि उपस्थिती रहेको थियो ।

उक्त अवसरमा सांसदहरुले देवघाटको विकासकोलागि स्थानीय सरोकारवालाहरुसँग आवश्यक छलफल गरि समस्या सम्बोधनका लागि समितिले आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण