म्याग्देका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । असार २

म्याग्दे गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको छ । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पहिचान गरि उक्त सामाग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

वितरण गरिएका सामाग्रीहरुमा ४० थान लौरो, एक थान बेड, १३ थान ह्विल चेयर, ४० थान बैशाखी, एक थान चश्मा, एक थान प्याम्पर्स, तिन थान ट्वाईलेट ह्विलचेयर रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले सोमबार उक्त सामाग्री वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको