रास्वपाको स्थापना दिवसमा आँबुखैरेनीमा विरोध पदयात्रा र सरसफाइ कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । असार ७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेस्रो स्थापना दिवसको अवसरमा शनिबार आबुँखैरेनीमा शान्तिपूर्ण विरोध पदयात्रा तथा धार्मिक स्थलहरूमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

‘लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसद’ भन्ने मूल नारासहित आयोजित उक्त पदयात्रा आँबुखैरेनी–३, स्थित पेट्रोल पम्पबाट सुरु भई बसपार्क हुँदै शिवालय मन्दिर परिसरमा आएर कोणसभाका रूपमा परिणत भएको थियो । सो अवसरमा शिवालय मन्दिर, ताओ मन्दिर, बौद्ध गुम्बा, तथा साई केन्द्र परिसर वरपर सरसफाइ गरिएको थियो ।

रास्वपा आँबुखैरेनीका सभापति राम श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय ऊर्जा विभाग संयोजक श्रीराम न्यौपाने, जिल्ला सभापति बिश्व बास्तोला, क्षेत्रीय सभापति बिष्णु बहादुर पन्त लगायतले मन्तव्य राखेका थिए ।

यस्तै सोही अवसरमा शुक्लागन्डकी नगरपालिकामा ¥याली तथा सभाको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण