इप्रका देवघाटद्वारा सडक सवारी सुरक्षा कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट । असार ७

इलाका प्रहरी कार्यालय देवघाटले सडक सवारी सुरक्षा सम्बन्धि कार्यक्रम गरेको छ । वर्षायाममा बाढिहरु आएर बाटोहरु बिग्रन सक्ने हुनाले १०३ मा फोन गरेर जानकारी लिएर मात्र हिडडल गर्न सहायक हवल्दार ढाकाराम पौडेलले बताए ।

जनतालाई सकेसम्म दुख नदिने र जनताले आफ्नै सुरक्षाको लागि चाहिने कागजातहरु लिएर हिड्नुपर्ने पौडेलले बताए । जनताले कागजात र हेलमेट नलागई प्रहरीलाई छल्न खोज्छ तर उसैले उसलाईनै समस्यामा पारेको हुने पौडेलले बताए ।

भाग्यवस कुनै दुर्घटना भइहाल्यो भने उसलाइ त्यो पछिको कानुनी प्रक्रियाले कति असर पार्छ भन्ने कुरा त्यो व्यक्तिले नबुज्दा उसलाई नै असर पारेको हुन्छ यसकारण हरेक व्यक्तिले कागजात र हेलमेट लगाउनुपर्ने पौडेलले बताए ।

देवघाटमा पछिल्लो समयमा टिप्परहरुले बाटोमा गिट्टिहरु झार्ने गरेको र त्यस गिट्टिमा चिप्लिएर दुर्घटना हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न क्रसरमा समन्वय गरि रोकथाम गर्ने पौडेलले बताए । देवघाटमा सडकहरुमा मकै सुकाउने घर बनाउने सामान राख्ने घासहरु सुकाउने कुराहरु पनि दुर्घटना निम्त्याउन सक्ने हुनाले बाटोमा यस्ता चिजहरु नराख्न पौडेलले सुझाव गरेका छन् । सो विषयमा गाउँपालिका सँग समन्वय गरि रोकथाम गर्ने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता